Saturday 18th May 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला : ९ (नवौं)


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा स्( पञ्चाङ्ग
अभ्यास गर्ने थलोः पञ्चाङ्ग पाठशाला
मितीः २०७८।०८।२७
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
प्रशिक्षक
सोमनाथ लुइटेल रवि
सुशीला पौडेल
सविता के.सी.

भाषा शुद्धीकरण सुझाव
सुशिला पौडेल
सविता के.सी.
चन्द्रावती अधिकारी

संकलक
सोमनाथ लुइटेल
सविता के.सी.

सहजकर्ता
रामराजा के.सी.

………………….
नवाैं श्रुङ्खलाको अभ्यासमा दिएको तलका अनुप्रासम्स १६ (सोह्र) अक्षरमा पञ्चाङ्ग लेख्न हुन अनुरोध गरिएको थियो ।
स्थायी आफुखुसी राख्नु पाइनेछ।

रसाउँछ , समाउँछ , जलाउँछ , बजाउँछ ,लगाउँछ, जचाउँछ,मझाउँछ, कराउँछ ,गनाउँछ ,नघाउँछ ,

ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्
पञ्चाङ्ग १

गरिबलाई देख्दा आँखा रसाउँछ बेसरी
सामन्तिले काममा किन लगाउँछ बेसरी
दुस्खद दिन तिनैको जानेछ तनाबमा नै
नसक्दा नि गरेन भनी कराउँछ बेसरी
जमिदारले आफ्नै घर बनाउँछ बेसरी ।

-सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा

पञ्चाङ्ग २

मान्छे हो बिरामी भएपछि जचाउँछ जान्छ
आफैँ गर्ने काम अरुलाई लगाउँछ जान्छ
आफू लियो हुँदा र रोगि भए पछिका दिन्
रोगले पीडा दर्द सहेर कराउँछ जान्छ
प्राणि मरेपछि राखेमा त गनाउँछ जान्छ ।

-मधुसूदन प्रसाद घिमिरे, काठमाडौं

पञ्चाङ्ग ३

धनीले आफ्नै ,सपना सजाउँछ घरीघरी
गरिबलाई ञ् काममा लदाउँछ घरीघरी
मलाई एक दुई दिन विदा दिनुहोस् भन्दा
अझ काममा लगाइ ञ् कराउँछ घरीघरी
घरको स्थितिले आँखा रसाउँछ घरीघरी ।

-प्रेम थापा,बागलुङ

पञ्चाङ्ग ४

कृष्ण मै हुँ १ भनेर बाँसुरी बजाउँछ आफैँ
आडम्बर गर्दै पिताम्बर लगाउँछ आफैँ
के प्रमाण छ कृष्ण भएको देखाऊ भनेछन्
कस्तो नास्तिक समाज भन्दै कराउँछ आफैँ
सम्यम विना कृष्ण आस्तिक गनाउँछ आफैँ ।

-शर्मिला श्रेष्ठ, भैंसेपाटी, ललितपुर

पञ्चाङ्ग ५

लालीगुराँस जस्तै गरेर लजाउँछ मान्छे ।
दुस्ख पीर सबै लुकाएर हँसाउँछ मान्छे ।
खान पाए चार मान चुक खानेहरू हेर ,
दुनियाँ अगाडि लाज घिन पचाउँछ मान्छे ।
आफ्नै डम्फु बजाएर उही रमाउँछ मान्छे ।

-आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ६

दुख्छ मन देखिन्छ आँखामा समाउँछ साथी
खोतल्छ, हेर्छ हृदय अनि रसाउँछ साथी
साथित्वको भावना पाइन्न किन्नलाई पनि
डोहोर्याई डाक्टर समक्ष जचाउँछ साथी
पिर व्यथालाई माया गरी जलाउँछ साथी ।

-सविता के.सी. काठमाडौं

पञ्चाङ्ग ७

कतै बात गथ्र्यौ लजाएर बस्दै
स्वयं देह मात्रै जँचाएर बस्दै
गयो जिन्दगानी उसै हेर तिम्रो
यही काल बेला कटाएर बस्दै
भयौ वृद्ध आशा खसाएर बस्दै।

-तोयानाथ सुवेदी

पञ्चाङ्ग ८

गरिब व्यर्थै मनमा सजाउँछ नानाथरी
धनि आँखा गरिब मै लगाउँछ नानाथरी
झुपडीमा पनि मिठा सपना देख्या हुन्छन्
ती सपना भत्कि मन जलाउँछ नानाथरी
बोल्नै हुन्न गरिबले कराउँछ नानाथरी ।

-चेतना पोखरेल, बिराटनगर

पञ्चाङ्ग ९

मेरो दिलमा तिमीलाई सजाउन मन छ।
हाम्रो प्रेमको दियो सधैँ जलाउन मन छ।
हाम्रो माया प्रेममा आँखा गाड्नेहरू धेरै छन्,
यी दुश्मन सदाको लागि हटाउन मन छ।
हाम्रो प्रेम रूपी प्रतीक लगाउन मन छ।

-सुशीला पौडेल, काठमाडौँ

पञ्चाङ्ग १०

माया मानै अनेक कुरा सजाउँछ मनमा,
निर्दोष लाईनैत आखा लगाउँछ मनमा।
माया गर्नु के पापहोर भनी दिनुत अब ,
मायाको सपना भत्केर जलाउँछ मनमा,
एकान्तमा एक्लै बसेर कराउँछ मनमा।

-दुर्गा आचार्य, मोरङ

पञ्चाङ्ग ११

आँगनीमा काली कौवा किन कराउँछ आज?
आशङ्काले मन मेरो तेसै डराउँछआज।
नानाथरी रोग लाग्यो देशमा भोकमरी छ,
दुख्छ मुटु भक्कानिन्छु आँखा रसाउँछ आज।
अविश्वासले नेपाली पन जलाउँछ आज ।

-चन्द्रावती अधिकारी ,बाँके कोहलपुर


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...