Tuesday 5th May 2026

मनमति साहित्य समाजमा ७९ वर्षीय श्रीधर पाैडेलको नेतृत्व, पाैडेलद्वारा लिखित उपन्यास लोकार्पणको साथमा कविता वाचन


मनमति साहित्य समाजको साधारण सभाले श्रीधर पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा जनार्दन अधिकारी धड्कन,माधव विडारी,सचिव जनकराज अधिकारी,कोषाध्यक्ष रिता खतिवडा,सहसचिव सुधा बास्कोटा ढकाल,सदस्यमा कविन्द्र तिमल्सीना,चुडा निर्भिक,सिता पाण्डे,विनु बाबा घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ ।

अध्यक्ष पौडेल आफू ७९ वर्षको भए पनि नेपाली साहित्यको विकासमा नेतृत्व प्रदान गर्ने उदेश्यले जिम्मेवारी काँधमा लिने सकृयता देखाउनु भएकोले उहाँकै अध्यक्षतामा सर्व सम्मत चयन भएको थियो । सोही अवसरमा श्रीधर पौडेलद्वारा लिखित यातना उपन्यासका लोकार्पण,सम्मान तथा कविता वाचन कार्यक्रम पनि गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णु विभु घिमिरेको प्रमुख आतिथ्यतामा भएको लोकार्पण,सम्मान समारोहमा मनमति साहित्य समाजको मातहतबाट सञ्चालन गर्ने गरी यस समाजकी संरक्षक गंगा लिगलले आफ्ना स्वर्गीय मातापिताका नाममा रु. १,५१,०००/- को अक्षयकोष र रमेश हमालले गेद-तुलसा पुरस्कारका निम्ति रु. ५०,०००/- को अक्षयकोष स्थापना गर्नुभएकोले मनमती साहित्य समाजले प्रमुख अतिथि विष्णुविभु घिमिरेज्यूबाट सम्मान- पत्र प्रदान गरियो ।

प्रमुख अतिथि घिमिरेले सम्मान र उपन्यास यातनाको लोकार्पण गर्दै ७९ वर्षको उमेरमा पनि लेखनको कृयाशिलता देख्दा साच्चै नै आफू प्रभावित भएको भावना व्यक्त गर्नु भयो । मर्नु अघि राम्रो कविता लेख्न पाए हुन्थ्यो भन्ने लाग्छ,कोठाबाट शुरु गरेपनि सम्झना रहिरहन्छ भन्नु हुँदै साहित्य पनि सत्संघ हो साहित्यमा लागेपछि जति कराए नि छोड्न सकिदैन भन्नु भयो ।

तीन दर्जन कृतिका स्रष्ट श्रीधर पौडेलको लोकार्पित कृति यातनाको कृष्ण प्रसाद दाहलले समिक्षा गर्नु हुँदै पौडेलको जीवन भोगाइ यातनामा समेटिएको उल्लेख गर्नु भयो। उक्त समारोहमा डा. बम बहादुर थापा, सत्य राज थपलिया, पं.नारायण कौशिक, सम्ममानित स्रष्टा गंगा लिगलले मन्तव्य व्यक्त गर्नु भयो ।

साथै उक्त समारोहमा चुडा निर्भिक, जनार्दन अधिकारी धड्कन, सिता पाण्डे, सुधा बास्कोटा ढकाल, विनु बाबा घिमिरे, जनक अधिकारी, रिता खतिवडा, कविन्द्र तिमल्सिना, सुर्य बदना पण्डित, सुर्य कुमार पण्डित, शुरेश चन्द्र घिमिरे, लाल बहादुर भुजेल, माधव विडारी, टेक बहादुर लौडारी लगायतले कविता वाचन गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगालको पछिल्लो चुनावी परिणामले Bharatiya Janata Party (भाजपा) सत्तातर्फ उन्मुख देखिएसँगै दार्जिलिङ–कालिम्पोङ क्षेत्रको गोर्खा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा…

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

प्रतिकृयाहरू
...