Saturday 18th May 2024

लक्ष्मी प्रसाद फुयालका पाँच पञ्चाङ्गहरू


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

💐🌺 पाञ्चायन 🌺💐
💐🌺 पर्देशी 🌺💐


पर्देशीले प्रेमको प्याला ~ ~पिलाएर गयो है
मन्का राजा! घृणाको तुष~ बिलाएर गयो है।
जन्म घर थर साइनो सबै ~~बिर्सी दिन्थेँ त
फाटेको मन्लाई टाल्टुल ~~सिलाएर गयो है
अलेली माइतीका तुष्टि ~ ~जिलाएर गयो है ।।


उ!लिएर जन्ती झट्टै लिन~आउँछु भन्थ्यो है
सपनीमा पनि मेरै सामु ~ धाउँछु भन्थ्यो है।
भनेर मात्र भएन प्यारा ~~ बिर्सी गयौ सारा
लाखौं ताराबिच एक चन्द्र~पाउँछु भन्थ्यो है
प्रेमको एक अमर गीत ~~ गाउँछु भन्थ्यो है।।


फुलबुट्टे रुमाल ~ औंठी ~~साटेर आएन
नाना भांति प्रेमका बाचा ~ छांटेर आएन।
मेरो विश्वास को घात गरेर~~ गयो छाडेर
निर्मोही पर्देशीले मलाई ~~ ढांटेर आएन
अचानोमा राखी मन् मुटु ~ काटेर आएन।।


ए!हावा तिमी पर्देशी लाइ ~~ छोएर आउन
ए! कागदाजै मायाको चिनो ~दिएर आउन।
भनी देउ मायालुलाई मेरो ~~ मनको ब्यथा
अल्मल र ब्यथा उस्का आज ~चिरेर आउन
ब्याकुल भाछु प्रेममा उस्को ~ लिएर आउन।।


पर्देशी तिमी फर्केर नआए म!~अफ्ठ्यारो पर्ने छु
दर्किन्छ आँशु सर्केर सास देह ~ आँशुले भर्ने छु।
जल्ने छु म तिमीले छोडेर गएको ~नाशो सहित
विरह चल्छ तिमी तर्केर हिन्दा ~ ~ ठहरै मर्ने छु
चांडै आउ् प्यारा छड्केर अब नत्र~जीवन हर्ने छु।।

✍️✍️ लक्ष्मी प्रसाद फुयाल
मोरङ पथरी शनिश्चरे


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...