Wednesday 14th October 2026

लक्ष्मी प्रसाद फुयालका पाँच पञ्चाङ्गहरू


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

💐🌺 पाञ्चायन 🌺💐
💐🌺 पर्देशी 🌺💐

१
पर्देशीले प्रेमको प्याला ~ ~पिलाएर गयो है
मन्का राजा! घृणाको तुष~ बिलाएर गयो है।
जन्म घर थर साइनो सबै ~~बिर्सी दिन्थेँ त
फाटेको मन्लाई टाल्टुल ~~सिलाएर गयो है
अलेली माइतीका तुष्टि ~ ~जिलाएर गयो है ।।

२
उ!लिएर जन्ती झट्टै लिन~आउँछु भन्थ्यो है
सपनीमा पनि मेरै सामु ~ धाउँछु भन्थ्यो है।
भनेर मात्र भएन प्यारा ~~ बिर्सी गयौ सारा
लाखौं ताराबिच एक चन्द्र~पाउँछु भन्थ्यो है
प्रेमको एक अमर गीत ~~ गाउँछु भन्थ्यो है।।

३
फुलबुट्टे रुमाल ~ औंठी ~~साटेर आएन
नाना भांति प्रेमका बाचा ~ छांटेर आएन।
मेरो विश्वास को घात गरेर~~ गयो छाडेर
निर्मोही पर्देशीले मलाई ~~ ढांटेर आएन
अचानोमा राखी मन् मुटु ~ काटेर आएन।।

४
ए!हावा तिमी पर्देशी लाइ ~~ छोएर आउन
ए! कागदाजै मायाको चिनो ~दिएर आउन।
भनी देउ मायालुलाई मेरो ~~ मनको ब्यथा
अल्मल र ब्यथा उस्का आज ~चिरेर आउन
ब्याकुल भाछु प्रेममा उस्को ~ लिएर आउन।।

५
पर्देशी तिमी फर्केर नआए म!~अफ्ठ्यारो पर्ने छु
दर्किन्छ आँशु सर्केर सास देह ~ आँशुले भर्ने छु।
जल्ने छु म तिमीले छोडेर गएको ~नाशो सहित
विरह चल्छ तिमी तर्केर हिन्दा ~ ~ ठहरै मर्ने छु
चांडै आउ् प्यारा छड्केर अब नत्र~जीवन हर्ने छु।।

✍️✍️ लक्ष्मी प्रसाद फुयाल
मोरङ पथरी शनिश्चरे


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...