Wednesday 14th October 2026

पाल्पाबाट आख्यान चौतारी गठन


तीतोपाटी – पाल्पाली साहित्यकारहरूको एउटा समुहले हालै आख्यान चौतारी नामको परिकल्पना गरेको छ जसमा निबन्ध, प्रबन्ध,कथा, छोटा कथा, लघुकथा, समिक्षा, पाठक प्रतिक्रिया, संस्मरण, यात्रा संस्मरण, लघुनाटक आदि आख्यानका विविध स्वरुपहरु पोस्ट गर्न पाइने बताइएको छ । समुहले आख्यान चाैतारीका नियम र परिधि पनि तोकेको छ भने यसको प्रयोगको लागि छुट्टै सोसल मिडिया ग्रुप संचालन गर्ने गरि एकापसमा जिम्मेवारी पनि तोकेको छ ।

यस साहित्यिक ग्रुपको सल्लाहकारमा साहित्यकारहरू शान्ता शाक्य, पुष्कर अथक रेग्मी, डा. शंकर गैरे रहेका छन् भने ग्रुप एडमिनमा नारायण कोइराला, सीता बिष्ट कार्की (सीबिका), गोमविब्रम र गणेश नेपाली रहेका छन् । आख्यान चाैतारीका सदस्यहरूमा कमला देवकोटा, जनक कार्की, विपिन आचार्य र शोभा गाैतम रहेका छन् ।

नव गठित आख्यान चाैतारीको पृष्ठभूमि तथा नियमहरू यहाँ तल जस्ताको तस्तै देख्न सकिन्छ ।

कुनै पनि साहित्य समाजको पार्दर्शी ऐना हो जस्बाट समाजको बस्तुस्थिती, परिवेश, घटनाक्रम छर्लङ्ग देख्न सकिन्छ । नेपाली साहित्यकाको विधाहरुमा आख्यान विधा महत्वपुर्ण विधा भएकोले आख्यानको माध्यमबाट नेपाली भाषा साहित्य कला संस्कृतिको श्रीवृद्धि गर्ने उद्देश्यका साथ हामी पाल्पाली साहित्यकारहरुको केहि समुहले आख्यान चौतारीको परिकल्पना गरेका हौ ।

यो एउटा हरियो खाली चौर हो जस्मा सर्जकहरुले अक्षरहरु रोप्नेछ्न आख्यानको माध्यमबाट । यो आख्यान चौतारीमा निबन्ध, प्रबन्ध,कथा, छोटा कथा, लघुकथा, समिक्षा, पाठक प्रतिक्रिया, संस्मरण, यात्रा संस्मरण, लघुनाटक आदि आख्यानका विविध स्वरुपहरु पोस्ट गर्न सकिनेछ तर आख्यान बाहेक अन्य विधाका सृजनाहरु पोस्ट गर्न पाईने छैन ।

आशा छ यो हाम्रो परिकल्पना साहित्यको अलिकति भएपनि शुन्दर बिहानको झुल्केघाम बनेर नेपाली साहित्यको श्रीवृद्वीको संभावनाको पाइला बन्नेछ । यो सबैको साझा आख्यान चौतारीलाई सबै सर्जकहरुले माया गरौ ।यस्का विविध रङ्गिन पाटाहरुलाई स्पर्श गर्दै पोल्टाभरी विश्वास भरेर अक्षरसंग आत्मसात गरौ ।
जय साहित्य
जय आख्यान चौतारी ।

आख्यान चौतारीका एड्मिनहरुमा
नारायण कोइराला
सीता बिष्ट कार्की ( सीबिका)
गोमविक्रम
गणेश नेपाली

सल्लाहकारमा
शान्ता शाक्य
पुष्कर अथक रेग्मी
डा. शंकर गैरे

सदस्यहरुमा
कमला देवकोटा
जनक कार्की
शोभा गौतम
विपिन आचार्य
यो पनि,

नियमहरु – पढौँ र पालना गरौँ ।।

१ सबै सदस्यहरुले आआफ्ना साथीहरू, सदस्यका रूपमा जोडन सक्नु हुनेछ। कुनै समूह, व्यक्तिगत फोटो नखुलेका, अस्पष्ट फेसबुक आइडी भएकालाई सदस्यता दिइने छैन ।

२ आख्यान सामाग्रीबाहेक साहित्यको अन्य बिधा पोष्ट नगर्नु हुन अनुरोध छ ।

३ आख्यान सम्बन्धित चित्रहरू राख्न पाइनेछ तर हेर्न नै असहज हुने, अश्लील चित्रहरु नराख्नु हुन अनुरोध गरिन्छ ।

४ नबुझेका कुराहरु सहजै कमेन्ट बक्समा प्रश्न राख्न सकिनेछ । बुझ्नेले प्रष्ट पार्न सक्नु हुनेछ ।

५ अरू पेजको लिङ्क या अनलाइन पत्रिकामा प्रकाशित लिङ्क नराख्न अनुरोध गरिन्छ।

६ आफ्नो आख्यान अरुले पढेर लाइक , कमेन्ट गरोस् भन्ने चाहना राख्नु हुन्छ भने, आफू पनि त्यो काममा तदारुकता देखाउनु हुन अनुरोध गरिन्छ

७ अनावश्यक विषयमा अनावश्यक विवाद नगर्नु हुन विनम्र अनुरोध गरिन्छ ।

८ आख्यान पढेर लाइक र स्वस्थ प्रतिक्रिया दिनु हुन विनम्र अनुरोध गरिन्छ । अप्रासङ्गिक प्रतिक्रियाहरू र व्यक्तिगत विषय र विवादहरू
पाइएमा डिलिट गरिनेछ । अन्यथा नलिनु हुन हार्दिक अनुरोध छ।

९ आख्यान आफ्नो नाम र ठेगाना (स्थायी) अनिवार्यरुपमा उल्लेख गर्नु हुनेछ ।

१० आख्यान संबंधित कुनै पनि सूचना वा जानकारी राख्नु परेमा पोष्ट गर्नु अगाडि एडमिनसंग सहमति वा पूर्व जानकारी गराउन हार्दिक अनुरोध छ ।

११ नियम विपरीत मनमौजी तरिकाले आएका सामाग्री हटाइएमा मन दुखाउनुभन्दा गलत सुधार्न अनुरोध गरिन्छ ।
(नियमहरु आवश्यकता अनुसार परिवर्तन गर्न सकिने छ।)


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...