Friday 16th October 2026

जर्मनीमा ओलाफ स्कोल्ज चान्सलरमा निर्वाचित


तीतोपाटी – जर्मनीमा बुधवार सोशल डेमोक्र्याट ओलाफ स्कोल्ज नयाँ चान्सलरको रूपमा निर्वाचित भएका छन् । चान्सलर एन्जेला मर्केलको १६ वर्षको रूढिवादी शासनको अन्त्य गर्दै मर्केलको निवर्तमान सरकारमा भाइस चान्सलर र अर्थमन्त्रीको रूपमा काम गरेका ६३ वर्षीय स्कोल्जले संसदको तल्लो सदन बुन्डेस्टागमा सांसदहरूबाट ३९५ मतको स्पष्ट बहुमत प्राप्त गरि चान्सलर निर्वाचित भएका हुन् ।

जर्मनीको चान्सलरमा बुधवार सोशल डेमोक्र्याट ओलाफ स्कोल्जलाई नयाँ चान्सलरको रूपमा निर्वाचित भएका छन् । वर्तमान अर्थ मन्त्री समेत रहेका ओलाफलाई बुधबारको संसद् बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एन्जेला मर्केलको १६ वर्षको रूढिवादी शासनको अन्त्य गर्दै उत्तराधीकारीको रुपमा उदय भएको छ ।

बिदा हुन लागेकी वर्षीया चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बनेका हुन् । झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले बिदा लिन लागेकी हुन् । चान्सलर हुँदा उनी सधैं विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएका थिइन् ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...