Saturday 17th October 2026

मगर संघ कुवेतले माघे सग्राँती १४ जनवरी २०२२ मा मनाउँदै


जय आले, ०५ डिसेम्बर २०२१, कुवेत। कुवेतवासी नेपालीहरुबीच सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था नेपाल मगर संघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सग्राँती” आगामी १४ जनवरी २०२२ शुक्रबारका दिन मनाउने भएको छ।

गत ०३ डिसेम्बर २०२१ मा संघका अध्यक्ष मनु भुजेल मगरको अध्यक्षतामा बसेको ११७औं नियमित बैठकले छलफलका साथ कुवेतको वर्तमान अवस्थाको पनि मध्यनजर गर्दै उक्त निर्णय गरेको हो। कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने माघे सग्राँती कार्यक्रम कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाईने भएको छ।

स्थापना कालदेखि नै मगर संघ कुवेतले माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरुबीच मनाउँदै आएको छ। कार्यक्रममा स्थिती हेरेर मगर संस्कृतिमा आधारित नाचगानहरु प्रस्तुत गरिने छन भने सम्पूर्ण उपस्थित पाहुनागणलाई बिभिन्न मगर परिकारहरुको जलपान तथा भोजन गराईने छ।

मगर जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्णा गर्दै संघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा स्थापित अन्य नेपाली संघ-संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर संघ कुवेत १५ जून २०१२ मा तत्कालिन केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा स्थापना भएको थियो।

पुनश्च्व:
मिति: १४ जनवरी २०२२, शुक्रबार
समय: पूर्वान्ह ११ बजे, उप्रान्त
स्थान: ओफरा कुवेत (बिस्त्तृत जानकारी पुन. गराइने छ)


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...