Thursday 2nd July 2026

‘ओमिक्रोन’भेरिएन्टबाट बच्न कुन-कुन देशहरूले के-के गर्दैछन?


तीतोपाटी, काठमान्डौं – कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को विश्वभर चर्चा चलिरहेको छ।नेपाल सरकारले बुधबार बिज्ञप्ती मार्फत नेपालमा ओमिक्रोन हाल सम्म नदेखिए पनि सबैलाई सचेत रहन र स्वास्थ्य मापदन्ड पालन गर्न अनुरोध गरेको छ।

यता नेपालको विमानस्थलमा अफ्रिकन देशहरुबाट आउने उडानका यात्रुहरुलाई सोमबार देखी १० दिन क्वारेन्टाइन बस्न भनिएको छ तर कोभिड-१९ संकट ब्यवस्थापन समान्वय केन्द्र(सीसीएमसी)की प्रबक्ता सुनिता नेपालले भने आफूहरुलाई कुनै अधिकारिक जानकारी नआएको बताउछिन।

‘ओमिक्रोन’भेरिएन्टबाट बच्न कुन-कुन देशहरूले के-के गर्दैछन?

अष्ट्रेलिया: अष्ट्रेलियाले न्यूजील्याण्ड र सिंगापुर बाहेक सबै देशका नागरिकहरुका लागि डिसेम्बर १५ सम्म सिमाना बन्द गरेको छ। साथै अस्ट्रेलियन नागरिक र अष्ट्रेलियन पिआर भएकाहरुका लागि ७२ घण्टा भित्रको पिसीआर रिपोर्ट र घर वा होटलमा आइसोलेसनमा बस्नको लागि नयाँ नियम बनाएको छ।

जापान: जापानले सोमबारदेखी विश्वभरका सबै विदेशी आगन्तुकहरूको प्रवेशलाई रोक लगाएको छ।आगमनका सबै उडानहरु रद्द भएका छन।

संयुक्त राज्य अमेरिका: दक्षिण अफ्रिका र अन्य सात देशहरू (बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावी) बाट संयुक्त राज्य अमेरिकामा यात्रा प्रतिबन्ध सोमबारदेखि लागू गरेको छ । अमेरिकी नागरिक र वैध स्थायी बासिन्दा(पिआर)हरूलाई प्रतिबन्धबाट छुट दिइने छ।

सेशेल्स: दक्षिण अफ्रिकीहरू र बोत्सवाना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, नामिबिया र जिम्बाब्वेका आगन्तुकहरूलाई शनिबार(डिसेम्बर ४) देखि सेशेल्समा प्रवेश निषेध गरिनेछ।

बंगलादेश: बंगलादेशले शनिबार(नोभेम्बर-२७)देखी दक्षिण अफ्रिका जाने र आउने सबै उडानहरु रद्द गरेको छ।

साउदी अरेबिया: दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाब्वे, मोजाम्बिक, लेसोथो र इस्वाटिनी जाने र आउने उडानहरू सोमबारबाट स्थगित गरिएको छ।

कुवेतः कुवेतले गत शनिबारदेखि नै दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाब्वे, मोजाम्बिक, लेसोथो, इस्वाटिनी, जाम्बिया र मलावीसँगको सीधा व्यावसायिक उडानहरू स्थगित गरेको घोषणा गरेको छ। ति देश हुँदै अाउने अाफ्ना नागरिकलाइ ७ दिनको क्वारेन्टिनमा राख्ने भएको छ भने विदेशी नागरिकको हकमा उपरोक्त मुलुक छोडेको १४ दिन सम्म अन्य मुलुकमा बसी अाउनेहरूलाइ कुवेत प्रवेश अनुमति दिएको छ ।

श्रीलंका: श्रीलंका सरकारले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो र इस्वाटिनी लगायत छ वटा दक्षिणी अफ्रिकी राष्ट्रहरूबाट आउने यात्रुहरुलाई अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने नियम लागू गरेको छ।

बेलायत: बेलायतले गत शुक्रबारदेखि दक्षिण अफ्रिका, बोत्सवाना, लेसोथो, इस्वाटिनी, जिम्बाब्वे र नामिबियाका आगमनमा यात्रा प्रतिबन्ध लगाएको छ। यि ६ देशबाट गरिने सबै उडानहरुलाई अस्थायी प्रतिबन्ध गरेको छ।

इजरायल: इजरायलले पहिले नै दक्षिण अफ्रिका र अन्य ६ अफ्रिकी देशहरूलाई आफ्नो “रातो सूची” मा समावेश गरिसकेको थियो।अब ती राष्ट्रहरूबाट स्वदेश फर्कने इजरायलीहरूले १४ दिनको क्वारेन्टाइन बस्नु पर्ने छ भने सबै बिदेशी नागरिकहरुका लागि इजरायलमा प्रबेश निशेध गरिएको छ।

इटाली: इटालीले दक्षिण अफ्रिका, लेसोथो, बोत्सवाना, जिम्बाब्वे, मोजाम्बिक, नामिबिया वा स्वाजिल्यान्डबाट प्रवेश गर्न निषेधको घोषणा गरेको छ ।

जर्मनी र स्कटल्याण्डले पनि ६ अफ्रिकी राष्ट्रहरूमा यात्रा प्रतिबन्ध गरेको छ।

फ्रान्स:फ्रान्सले दक्षिणी अफ्रिकाबाट आउने सबै उडानहरू ४८ घण्टाका लागि स्थगित गरेको छ ।

सिंगापुर: सबै सात अफ्रिकी देशहरूबाट सिंगापुर हुँदै प्रवेश वा ट्रान्जिट गर्ने यात्रालाई प्रतिबन्ध लगाएको छ।आइतबारदेखि दक्षिण अफ्रिका, बोत्सवाना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, नामिबिया र जिम्बाब्वेका उडानहरु स्थगित भएका छन।ती देशबाट आउने सिंगापुरका नागरिकहरूले १० दिनको क्वारेन्टाइनमा बस्नुपर्नेछ।

अन्य देशहरुले भने यात्रामा यस् अघि कै मापदन्ड र नियमहरु पालना गरेका छन।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...