Saturday 4th May 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला – ७ (सातौं)


“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार”
विधा – पञ्चाङ्ग
अभ्यास गर्ने थलो – पञ्चाङ्ग पाठशाला
मितिः २०७८/०८/१४ गते
=================================================
प्रशिक्षक
सुशीला पौडेल
सविता के.सी.

भाषा शुद्धीकरण सुझाव
सुशिला पौडेल
सविता के.सी.
तोयानाथ सुवेदी

संकलक
सोमनाथ लुइटेल
सविता के.सी.

सहजकर्ता
रामराजा के. सी.

………………….
आजको अभ्यासमा स्वतन्त्र रुपमा पञ्चाङ्ग लेख्न हुन अनुरोध गर्दछौं ।

================================================

पञ्चाङ्ग १


राम्रो फूल तिमी हौ राख्छ अरूले
सुन्दर भएपछि ताक्छ अरूले
राम्रो दिन छैन हेरि बस्नु पर्छ
देखेपछि किन हो माग्छ अरुले
दिल प्रयोग गर्दै नाप्छ अरुले।

मनको आँखाबाट आँसु झरेको कसैले देख्दैन
पीडा र दर्द आफैतिर सरेको कसैले देख्दैन
भगवान पनि कता गए आफूलाई दुस्ख पर्दा
मेरो हृदयमा बिषादी छरेको कसैले देख्दैन
रातदिन मिहनेत नै गरेको कसैले देख्दैन ।

लोभि मानिस कुरामा जुटेका छ्न्
नमिलेर आफ्नैसँग फुटेका छन्
कति आश हो छोडेनन् हात थाप्न
दाजुभाइ अंश भनी कुटेका छन्
निर्धो भएसी सबैले लुटेका छन् ।

राम राम हरि हरि भनेर पुजा गर्ने थाले
फूलपाती फलफूल गनेर भुजा भर्न थाले
शान्ति छैन मनमा भगवान कै शरणमा छु
मान्नेल माने कै छन् नमान्नेले परै सर्न थाले
अप्ठ्यारोमा परेपछि उनैको पाउ पर्न थाले ।

मनका कुरा दबाएर बसेकोछु
दिलमा आगो लगाएर बसेकोछु
निर्धो भएपछि आरोप लगाउने
कति अभाव चपाएर बसेकोछु
मेरो आक्रोश बचाएर बसेकोछु।

सोझो भएपछी चलाउने अर्कै थियो
रुखो बोलेर नि जलाउने अर्कै थियो
भन्ने कुरा धेरै थियो कहिले भनिन
हुन्छ काम भनी गलाउने अर्कै थियो
कुराको नै खेती फलाउने अर्कै थियो ।

तिमीले धेरै चोट पाएर फेरियो होला म उस्तै हो
जाल झेलका कुराहरुले बेरियो होला म उस्तै हो
तिम्रो जिवनमा राम्रो मेरो के के लेखेको छ भाग्यमा
सदैब व्यबहार कामैले घेरियो होला म उस्तै हो
जिन्दगीभरिको नाता किन केरियो होला म उस्तै हो।

तिहारको चहलपहल आयो आएन घरमा
सबैको घर उज्यालो भयो मेरो खाएन घरमा
रमाइलो हुन्थ्यो मनमा खुसीले रमाउन पाए
अन्त गाए देउसी ( भैली मेरोमा गाएन घरमा
यस्तो खुसियालीको बेलामा खुसी छाएन घरमा ।

-सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग २

सयभाँडा रित्याएर एउटै जोरेको थियो
दुश्मनको हातले त्यसलाई फोरेको थियो
दुःखदर्द सधैँभरी कति भोग्नु, सुख पाए
चिथरचाथर सधैँ मनमा कोरेको थियो
असैह्य पीडादेखि अर्कैले चोरेको थियो ।

के विश्वास र छायाँ छाड्ने रातले भनेको
रुख चढाई फेदमा काट्ने साथले भनेको
आशामा किन सक्ने जीवन, खुसी बन्देऊ
लगाएर फोहोर पार्ने मातले भनेको
ठुला बन्ने छोटा विचार जातले भनेको ।

-सविता के.सी., काठमाडौं

पञ्चाङ्ग ३

नयाँ जोस जाँगर दिएर आऊनू
निरोगी र दीर्घायु लिएर आउनू
दुख दर्द नामेट पार्नु कामना छ मेरो
फाटेका मनलाई सिएर आउ नू
सधैँभरि जितमा जिएर आउनू

-चन्द्रावती अधिकारी, बाँके कोहलपुर

पञ्चाङ्ग ४

ती ञ् तिम्रा सारा सपना गोडी देउ
अनागत को ञ् कल्पना छोडी देउ
जीवन खोज्दै छौ तिमी कहाँ कहाँ
अतित का सबै राग तोडी देउ
जिन्दगी ञ्वर्तमान मा जोडी देउ ।

भविष्य मात्र नखोज दाश भइन्छ
वर्तमानमा नबाँचे ञ् नाश भइन्छ
समयलाई झट्ट ञ् झम्टेर पछ्याउ
तव जीवनमा पक्कै खास भइन्छ
नत्र त आफैं मा आफू त्रास भइन्छ ।

जब निला निला हुन्छ्न आँखाहरु देख्छ
अनि बिर्सिन्छन सबैले साखाहरु देख्छ
पछुतो बाहेक केही पनि रहन्न त्यहाँ
देखिन्छ जिन्दगीका भुल भाकाहरु देख्छ
गलेको मष्तिष्क अँध्यारो खाकाहरु देख्छ ।

घाम लाग्दा आँगनीमा छायाँ देखियो
जुन जस्तै अन्धेरीमा माया देखियो
जिन्दगी यो घाम छायाँ दुई दिनको
शोकले नै किन दुब्लो काया देखियो
बायाँ बाट हेर्न खोज्दा दायाँ देखियो ।

-गुणनिधि घिमिरे, अमेरिका

पञ्चाङ्ग ५


आज म(यो भोलि दुई दिन भै हाल्छ ।
चोला स(यो भोलि दुई दिन भै हाल्छ।
यो जिन्दगि जन्मे पछि मर्नु नै पर्छ ।
फूल झ(यो भोलि दुई दिन भै हाल्छ।
काल ट(यो भोलि दुई दिन भै हाल्छ।

पृयाको काख मेरो निम्ति स्वर्ग नै हो
मायाको लाख मेरो निम्ति स्वर्ग नै हो ।
मन मिल्ने प्रेमि पाउनु भाग्यमा छ ?
तिमिले चाख मेरो निम्ति स्वर्ग नै हो।
मनमै राख मेरो निम्ति स्वर्ग नै हो ।

लगन गाँठो समाई रमाएको म ।
मेरो मन नै कमाई रमाएको म ।
भित्रि मनले सोच्थ्यो यो कस्तिन होला ?
एक मनले रमाई रमाएको म ।
आम्दानि नै पो थमाई रमाएको म।

-मधुसूदन प्रसाद घिमिरे, काठमाडौं

पञ्चाङ्ग ६

सय पत्रिको माला जस्तै छ, गाथ हाम्रो,
ममताका खानि मायाँ दिने जात हाम्रो।
एकताको बन्धन् सधैँ बनिरहोस् साथी ,
कहिलै छोडन नसकिने, साथ हाम्रो,
सधै एकजुट भएको छ हात हाम्रो।

-दुर्गा आचार्य, मोरङ

पञ्चाङ्ग ७

सपना अधुरै छन मेरा रहर मेटियो यहाँ
आफैलाई भुलिदिने याहा शहर भेटियो यहाँ
पृत सम्झिएर पिई रहे लाखौं लाख आाँसु पनि
उन्कै हातले आज किन ? मेरो गला रेटियो यहाँ
मन्द जिवन गलिरहने जहर भेटियो यहाँ ।

-चेतना पोखरेल, सिन्धुली

पञ्चाङ्ग ८

आफ्ना सारा सन्तानको दुःखमा अघि अघि सर्छिन् आमा।
सन्तान भविष्यका कर्णधार भनि भर पर्छिन् आमा।
निस्वार्थ भावले समान ब्यबहार सबैलाई दिने,
दुश्मन सामु सधैं भरि एक्लै प्रतिकार गर्छिन् आमा।
आफू भोकै बसेर पनि सन्तानको पेट भर्छिन् आमा।

-सुशीला पौडेल, काठमाडौं

पञ्चाङ्ग ९

पञ्चाङ्ग – सातौ शृङ्खला अभ्यास

फूलको माला जस्तो नै हाम्रो गाथ होस्
सबैलाई समान्ता देख्ने हाम्रो जात होस्
जिन्दगीमा मरिहत्ते गर्नु पो के छ र
अटल अमर हुने यो हाम्रो साथ होस्
सधै एकताको भरिलो हाम्रो हात होस् ।

-दुर्गा भट्टराई , मोरङ


सम्बन्धित शीर्षकहरु

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...