Wednesday 14th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ३१


फ्याँक्नुपर्छ तेल तारी, रहेको त्यो कातीलाई ।
फाँसी दिउँ जनता मिली, सबै रास्ट्रघातीलाई ।

जस्को शक्ति उस्को भक्ति,देशै चिराचिरा पार्दा,
कति दुख्या होला नेपाल,आमाको यो छातीलाई।

धोका हुँदो रैछ यहाँ , लोभ स्वार्थ ईष्र्या राखी,
जिताउँदा आफ्ना मान्छे,आफ्नै छोरा नातिलाई।

यो राज्यको ढुकुटी नै बारम्बार रित्याउने ,
हातमा नरिवल भेट्टाएका बाँदरको ताँतीलाई ।

धेरै लालच घमण्ड र निरङ्कुशले भरिएको,
शासक अब पुज्नु हुन्न फुल माला र पातीलाई ।

प्रतिमा शिवाकोटी (उप्रेती)
भुम्लु गा.पा ८,भुम्लुटार, काभ्रेपलान्चोक,
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...