Saturday 4th May 2024

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ३१


फ्याँक्नुपर्छ तेल तारी, रहेको त्यो कातीलाई ।
फाँसी दिउँ जनता मिली, सबै रास्ट्रघातीलाई ।

जस्को शक्ति उस्को भक्ति,देशै चिराचिरा पार्दा,
कति दुख्या होला नेपाल,आमाको यो छातीलाई।

धोका हुँदो रैछ यहाँ , लोभ स्वार्थ ईष्र्या राखी,
जिताउँदा आफ्ना मान्छे,आफ्नै छोरा नातिलाई।

यो राज्यको ढुकुटी नै बारम्बार रित्याउने ,
हातमा नरिवल भेट्टाएका बाँदरको ताँतीलाई ।

धेरै लालच घमण्ड र निरङ्कुशले भरिएको,
शासक अब पुज्नु हुन्न फुल माला र पातीलाई ।

प्रतिमा शिवाकोटी (उप्रेती)
भुम्लु गा.पा ८,भुम्लुटार, काभ्रेपलान्चोक,
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...