Wednesday 14th October 2026

टुक्काकार दुर्गा आचार्यका १० टुक्का कविताहरू


१.
कति बेचिए खोला नाला बेचिएकाछन् वनहरु,
अन्जान भए जनता रोइरहेकाछन् मनहरु।
२.
इज्जत गरौँ संस्कृति संस्कार र भेषको,
उठौँ जागौँ नेपाली हो रक्षा गरौँ देशको।
३.
लिपु लेकको सिमाना हेर्दा हेर्दै मिचेर ,
छिमेकीले नै नेपाली कयौँ मारे किचेर।
४.
हरियो वन, नेपालमा डाँडा, पाखा, छहरा,
सुन्दर लाग्छ हाम्रो देश हिम शैल पहरा।
५.
छङछङ बग्ने खहरे खोला हरियो वन,
हामी नेपालीको सौन्दर्य यही हो प्यारो धन।
६.
सूर्य चन्द्र अंकित झण्डा शान छ नेपालको राम्रो,
राष्ट्रिय जनावर गहना हुन पहिचान हाम्रो।
७.
डाँफे मुनाल नाच्दछन् मयूर साथमा,
सगरमाथा सहितको नक्सा हातमा।
८.
इन्द्रेणी रंग रंग्याउदै झुल्क्यो सूर्यको त्यो ज्योति ,
पौरख गरे मलिलो माटो फल्दछ यही मोती ।
९.
हिमाल,पहाड,तराई कोही छैन पराई,
स्वर्ग छ भुमि बसौ रमाई नबसौ डराई।
१०.
जात र जाती मिलेर बिभिन्न रुप भेषमा,
चारै छन् जात छत्तिस वणर् यो हाम्रो देशमा।

✍️ दुर्गा आचार्य
मोरङ

>>>जय टुक्का! जय साहित्य!!<<<


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...