Saturday 25th July 2026

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि बेलायतमा मास्क अनिवार्य, अमेरिकाको न्यूयोर्कमा संकटकाल, भारतमा उच्च सतर्कता


दक्षिण अफ्रिकामा कारोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायत, अमेरिका, युरोपेली मुलुक, भारत लगायतले सतर्कता अपनाउन थालेका छन्।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट जोगिन बेलायतले सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन अनिवार्य गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न सार्वजनिक स्थलमा हिँड्दा र पसल जाँदा मास्क अनिवार्य लगाउनुपर्ने भनेका छन्। कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायतले यस अघि नै दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

त्यसै गरि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ। दक्षिण अफ्रिकाबाट आएका दुई जना कोरोना पोजेटिभ देखिएपछि भारतले उच्च सतर्कता अपनाएको हो। भारतीय अधिकारीहरुका अनुसार ती दुवै जनालाई ‘आइसोलेट’ गरिएको छ।

त्यस्तै अमेरिकाको न्युयोर्क राज्यमा कोरोनाको संक्रमण बढेको भन्दै संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेकी छन्। कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ। अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकताअनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेकी छन्।


सम्बन्धित शीर्षकहरु

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

प्रतिकृयाहरू
...