Wednesday 14th October 2026

टहल आचार्यको गजल सङ्ग्रह – २९


कृषि कर्म पशुपालन ऊनको खेती गर्नु पर्छ ।
पौरखी भै पाखा भित्ता सुनको खेती गर्नु पर्छ ।

आपसमै ऐँचो पैँचो सामजिक सद्भावले ,
पर्दाखेरी सहयोग र गुनको खेती गर्नु पर्छ ।

यो माटोको खातिरमा खाँचो हुँदा दिनलाई ,
आँट साहस बिरताले खुनको खेती गर्नु पर्छ ।

असक्षम अज्ञानताको बादलले ढाकिएको ,
अन्धकार षो धर्तीमा जुनको खेती गर्नु पर्छ ।

मेची काली एकताले बिकासको लहर ल्याई ,
उद्योग कलकारखाना नुनको खेती गर्नु पर्छ ।

-टहल आचार्य


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...