Saturday 20th April 2024

पाँच स्रष्टाका शीतहरू


शीतहरु

खुसी
लाग्यो
चिन्ता
भाग्यो

हामी
खुसी
घरै
बसी

दुख
कष्ट
पूरा
नष्ट

मन
पर्ने
काम
गर्ने

मरी
जाने
हैन
लाने

काम
गरौ
कृति
राखौ

मन
सफा
सत्य
भन

इष्ट
मित्र
सबै
शीत

मिठो
बोलौ
कुरा
खोलौ

पाप
धर्म
गरौ
कर्म

मनै
शान्ति
छैन
कान्ति

दुई
आँखा
हेरौ
साखा

जमुना घिमिरे
बगनासकाली ८

शीतहरु


शीत
कस्तो
माया
सस्तो

रात
भरि
शीत
झरि

चिसो
शीत
बनि
मित

शीत
लेखी
कुरा
पोखि

मन
हल्का
हुन्छ
चङ्गा

अलि
कति
जाने
जति

लेख्ने
गरे
बुझे
कति

सिक्ने
मन
हुने
झन

जति
सिक्यो
उति
जान्यो
१०
जति
लेख्यो
उति
बन्यो
११
शीत
लेख्यो
मन
रम्यो
१२
लेखी
लेखी
शीत
बन्यो

शोभा आचार्य गौतम, काठमाडौ

रिस
राग
गर
त्याग ।

जिउ
स्वस्थ
मन
मस्त ।

प्रात
स्नान
स्वस्थ
ज्यान ।

नित्य
पूजा
ज्ञान
सदा ।

सेवा
भाव
मिल्छ
छाव ।

भक्ति
गीत
मन
शीत ।

लोकनाथ शर्मा, असम

ब्यंग्य शीत

खाउ
( खाने प्रवृत्तिप्रति सुझाव र बिकृतिमा ब्यंग)

जाउ
सीप
बेची
खाउ । १

आउ
बेची
ज्ञान
खाउ । २

गरी
खाउ
जोती
खाउ ।३

डटी
खाउ
खटी
खाउ । ४

एक्लै
खाउ
बाँडी
खाउ । ५

जिती
खाउ
मिली
खाउ । ६

झुकी
खाउ
ढोगी
खाउ ।७

छली
खाउ
ढाँटी
खाउ । ८

लुटी
खाउ
मारी
खाउ । ९

ठगी
खाउ
सिट्टै
खाउ । १०

सुती
खाउ
बसी
खाउ । ११

काँचै
खाउ
भुटी
खाउ । १२

चाटी
खाउ
चुसी
खाउ । १३

टोकी
खाउ
चुसी
खाउ । १४

काटी
खाउ
लुछी
खाउ । १५

दिई
खाउ
खोस
खाउ । १६

लुकी
खाउ
देखि
खाउ । १७

वन
खाउ
धन
खाउ । १८

मागी
खाउ
चोरी
खाउ । १९

लभ जोशी

केही शीतहरु

जागौं
हामी
शीत
लेख्न

मन
लाग्छ
शीत
लेख्न

जति
लेख्यो
उति
राम्रो

शीत
नैं हो
साथी
हाम्रो

साथी
संग
खेल्न
राम्रो

हार
जीत
हुन्न
हाम्रो

लेख्ने
बानी
धेरै
राम्रो

लेखें
पछि
ज्ञान
बढ्यो

ज्ञान
बढ्यो
बुद्धि
चल्यो

नारायण कोइराला
तानसेन पाल्पा
हालः युएई।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...