Wednesday 21st January 2026

इजरायल जान प्रमाणपत्र माग


तितोपाटी – वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका लागि परीक्षा दिएर गोला प्रथाद्वारा अन्तिमपटक छनोट भएका उम्मेदवारलाई प्रमाणपत्र पेस गर्न आग्रह गर्दै विभागले आइतबार सूचना सार्वजानिक गरेको हो ।  विभागका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्रका लागि विभागको इमेलमार्फत अनलाइन आवेदन गर्न आग्रह गरिएको छ । आवेदनपछि प्राप्त प्रमाण विभागको इमेलमा मङ्सिर ५ गतेभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ । स्वास्थ्य परीक्षण प्रमाणका लागि ललितपुरका स्टार, नेपाल मेडिसिटी हस्पिटल, काठमाडौँका ह्याम्स र मनमोहन मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ । विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मङ्सिर ५ गतेभित्र गरिसक्नु पर्नेछ । पहिलो चरणमा छनोट भएकामध्ये ५०० जना युवा एक महिनाभित्र इजरायल पुुग्नेछन् ।

विभागका निर्देशक एवं इजायल रोजगारी संयोजक डम्बर सुनुुवारले इजरायल जाने श्रमिकका लागि विभाग क्रमशः प्रहरी प्रतिवेदन, पीसीआरसहितको स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र उडान तालिका तयार गर्ने जानकारी दिनुुभयो ।
रोजगार सम्झौता भएका युवाको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन (आचरण प्रतिवेदन), करारनामा र पूर्वप्रस्थान अभिमुखीकरणलगायतका काम क्रमशः सुुरु गरिनेछ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक श्रमिकको अन्तिम छनोटका लागि नेपालले इजरालयको दूतावासलाई उपलब्ध गराएको योग्यताक्रम सूचीका एक हजार ६०० जना उम्मेदवारमध्येबाट एक हजार १७५ रोजगारीका लागि योग्य भएका थिए । मेडिकललगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएकोभन्दा थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ । यसमा महिलाको ८२१ र पुरुष ३५४ रहेका छन् । विभागले इजरायलबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावास पठाउने गरी काम भइरहेको जनाएको छ । इजरायल जाने श्रमिकले मासिक झन्डै दुुई लाख रुपियाँ पारिश्रमिक पाउने जनाइएको छ।-गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...