Tuesday 31st March 2026

इजरायल जान प्रमाणपत्र माग


तितोपाटी – वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका लागि परीक्षा दिएर गोला प्रथाद्वारा अन्तिमपटक छनोट भएका उम्मेदवारलाई प्रमाणपत्र पेस गर्न आग्रह गर्दै विभागले आइतबार सूचना सार्वजानिक गरेको हो ।  विभागका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्रका लागि विभागको इमेलमार्फत अनलाइन आवेदन गर्न आग्रह गरिएको छ । आवेदनपछि प्राप्त प्रमाण विभागको इमेलमा मङ्सिर ५ गतेभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ । स्वास्थ्य परीक्षण प्रमाणका लागि ललितपुरका स्टार, नेपाल मेडिसिटी हस्पिटल, काठमाडौँका ह्याम्स र मनमोहन मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ । विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मङ्सिर ५ गतेभित्र गरिसक्नु पर्नेछ । पहिलो चरणमा छनोट भएकामध्ये ५०० जना युवा एक महिनाभित्र इजरायल पुुग्नेछन् ।

विभागका निर्देशक एवं इजायल रोजगारी संयोजक डम्बर सुनुुवारले इजरायल जाने श्रमिकका लागि विभाग क्रमशः प्रहरी प्रतिवेदन, पीसीआरसहितको स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र उडान तालिका तयार गर्ने जानकारी दिनुुभयो ।
रोजगार सम्झौता भएका युवाको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन (आचरण प्रतिवेदन), करारनामा र पूर्वप्रस्थान अभिमुखीकरणलगायतका काम क्रमशः सुुरु गरिनेछ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक श्रमिकको अन्तिम छनोटका लागि नेपालले इजरालयको दूतावासलाई उपलब्ध गराएको योग्यताक्रम सूचीका एक हजार ६०० जना उम्मेदवारमध्येबाट एक हजार १७५ रोजगारीका लागि योग्य भएका थिए । मेडिकललगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएकोभन्दा थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ । यसमा महिलाको ८२१ र पुरुष ३५४ रहेका छन् । विभागले इजरायलबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावास पठाउने गरी काम भइरहेको जनाएको छ । इजरायल जाने श्रमिकले मासिक झन्डै दुुई लाख रुपियाँ पारिश्रमिक पाउने जनाइएको छ।-गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...