Tuesday 31st March 2026

मानव बेचविखन आरोपमा साधना कला केन्द्रका नृत्य निर्देशक पक्राउ


तितोपाटी- मानव बेचविखन गरेको आरोपमा नृत्य निर्देशक (कोरियोग्राफर) विश्वबन्धु घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–१० घर भएका ५० वर्षीय घिमिरेलाई चितवनको क्षेत्रपुरबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुराग कुमार द्धिवेदीले रातोपाटीलाई बताए ।

उनी विगत ३० वर्षदेखि साधना कला केन्द्र लगायतका नृत्य केन्द्रहरुमा नाच प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए । घिमिरेले नाच सिकाउँदा चिनजान भएकी १९ वर्षीया किशोरीलाई २०७० फागुन ४ मा काठमाडौंबाट भारतको बैंगलौर लगेर बेचेको आरोप छ ।

बैंगलौरको चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेण्टमा किशोरीलाई यौन व्यवसाय गर्न बाध्य पारेपछि उनलाई माइती नेपालले उद्धार गरेर काठमाडौं ल्याएको थियो । कार्तिक ६ मा घिमिरेलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान जारी रहेको एसपी द्धिवेदीले बताए । रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...