Wednesday 21st January 2026

चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप आइपुग्यो


तितोपाटी- चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो।

सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । सोही अनुसार पहिलो चरणमा आज १० लाख २० हजार डोज खोप आएको ढुङ्गानाले बताउनुभयो । खोपलाई टेकुस्थित भण्डारणमा राखिनेछ ।  यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको उहाँले बताउनुभयो ।

गोरखापत्रअलाइनबाट


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...