Wednesday 14th October 2026

कुवेतमा अवैधानिक रूपमा संचालित २० कार्यलय र एजेण्ट सहित ६० जना पक्राउ


तितोपाटी- कुवेतको विभिन्न क्षेत्रहरुमा अवैधानिक ढंगबाट संचालित २० म्यानपावर कार्यलय सहित सहित ६० जना अवैध आप्रवासीहरु पक्राउ परेका छन। पक्राउ पर्नेहरु एसियन मुलुकका रहेता पनी कुन कुन देशका हुन भन्ने खुलाइएको छैन।

कुवेत आन्तरिक मन्त्रालयको जनसम्पर्क र सुरक्षा मिडिया विभागले अनुसार, आवास कानूनको उल्लंघन गर्नेहरुलाई गिरफ्तार गर्न, र घरेलु कामदार भर्ना गर्ने कार्यालयहरुलाई पक्राउ गर्नको लागी मामिला क्षेत्रले चलाएको अभियानको निरन्तरतामा विभागले एकैपटक २० कार्यालयहरुमा छापा मारेको छ।

हावाली गभर्नरोरेट मामिलाका सहायक, उपसचिव मेजर जनरल अन्वर अल-बर्जस को निर्देश उक्त अभियान थालीएको आन्तरिक मन्त्रालयलाई उद्धत गर्दै, अल-अनबा दैनिकले लेखेको छ।
उक्त अवैध कार्यलयले घरेलू कामदार भगाउने र अन्य भागेर बसेका र कानुन उल्लंघनकर्ताहरुलाई आश्रय दिइरहेको थाहा पाएपछी कुवेत प्रहरीले उक्त कार्यालयहरुमा छापा मारेको थियो।

रिपोर्टका अनुसार ती एजेण्टले भागेका घरेलु कामदारहरुलाई आश्रय दिइरहेका थिए र उनीहरुलाई अस्थायी काम प्रणाली अन्तर्गत रोजगार दिइरहेका थिए। एजेण्टद्वारा उक्त कामदारहरुलाई घण्टा वा दैनिक ज्यालाको आधारमा कामको लागि प्रस्ताव गरेको र अन्य विविध लोभ लालच देखाएर फसाउने गरेको अनुसन्धानमा खुलेको छ।

अभियानमा धेरै घरेलु कामदारहरु गिरफ्तार परेका छन। घरबाटबाट भागेका घरेलु कामदार नक्कली कार्यालयहरु अन्तर्गत काम गरिरहेका थिए। रिपोर्टका अनुसार गिरफ्तारीको बेला एक महिला घरेलु कामदार गर्भवती अवस्थामा रहेकी छिन।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...