Saturday 10th October 2026

कविताः ‘जुनेली’ -शिव कुमार रेग्मी


जुनेली परिकल्पना गरी जोडेम हामी धेरै मीत,
ज्ञान,भाव,साहित्यमा सधै हुन्छ हाम्रो जीत,
सत्यता र शीतलताको प्रतीक बन्यो जुनेली शीत,
विश्वास राखौं काव्य क्षेत्रमा गर्छ यसले राम्रो हित।-१

जुनेली रस बस्ने गर्छ साहित्य विधाको साथमा,
साहित्य सपार्ने जिम्मा लिए पाल्पालीले हातमा,
पाल्पालीले आविस्कार गरेको यो राम्रो काव्यमा,
पहिलो नं.को काव्य भन्छन् जुनेलीलाई सभ्यमा।-२

तीन-दुई,तीन-दुई वर्ण चार हरफमा लेख्नुपर्छ,
छन्द भाव आए नआएको राम्रो संग देख्नुपर्छ,
मनका भाव राम्रै गरि जुनेली काव्यमा छर्नुपर्छ,
जुनेली काव्यको विकास हामी सबै मिली गर्नुपर्छ।-३

जुनेली मोतीका ज्योतिले काव्य रस घोल्दछ,
संसार भरीका सबैले नै जुनेली-जुनेली बोल्दछ,
हामी सबै मिलेर यसको विकास गर्नुपर्छ,
जताततै घुमेर जुनेलीको रस छर्नुपर्छ।-४

धेरै जसो साहित्यकार जुनेलीमा लागिसके,
सुन्दर काव्य भनेर नै जुनेलीमा जागिसके,
रचना गर्ने तरिका पनि साथीहरू संग मागिसके
जिन्दगीको लक्ष्य जुनेली नै लेखी मुटमा टाँसीसके ।५

शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...