Friday 7th August 2026

२० महिना पछी कुवेत सामान्य अवस्थामा फर्कियो


तितोपाटी-कुवेतले झण्डै २० महीनाको प्रतिबन्ध जीवनलाई समाप्त गरी पूर्णरूपमा सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ।

प्रधानमन्त्री शेख सबा अल खालिदको अध्यक्षतामा हिजो, सैफ प्यालेसमा आपतकालीन मन्त्रिपरिषद् बैठकले कुवेतलाई सामान्य जीवनमा फर्कने निर्णयलाई अनुमोदन गरेको हो। २० महिना पछी कुवेत सामान्य अवस्थामा फर्कियो

प्रधानमन्त्री शेख सबा अल खालिदको अध्यक्षतामा हिजो, सैफ प्यालेसमा आपतकालीन मन्त्रिपरिषद् बैठकले कुवेतलाई सामान्य जीवनमा फर्कने निर्णयलाई अनुमोदन गरेको हो।

प्रधानमन्त्री शेख सबाह अल-खालिदले कुवेत सामान्य फर्कने, बताउदै कोरोना संक्रमणको संख्यामा बिस्तारै कमी हुदै गएको,र कुवेत महामारी भन्दा पहिले सामान्य जीवनमा फर्कनको लागी पाँचौ चरणमा प्रवेश गरेको बताए।

सरकारका आधिकारिक प्रवक्ताका अनुसार आगामी आइतबार अक्टोबर २४ देखी, विवाह, सम्मेलन र सामाजिक कार्यक्रमहरु आयोजना गर्ने अनुमति सहित बाँकी गतिविधिहरुलाई अनुमति दिन सहमत भएको जनाएका छन। उक्त गतिविधि कार्यहरुमा उपस्थितका लागी दुबै डोज खोप लगाइएका व्यक्तिहरुलाई मात्रै अनुमती दिइने छ। सार्वजनिक स्थलमा मास्क नलगाए पनी हुने बताउदै मस्जिदमा भने सामाजिक दूरी कायम नगर्ने, तर मास्क लगाउनु पर्ने छ।

मन्त्रिपरिषद्लेद्वारा गरिएको निर्णय अनुसार खुल्ला ठाउँहरुमा मास्क लगाउनु अनिवार्य नरहेको र आइतबार २४ तारिख बाट सबै बन्द स्थानहरुमा यसको पालना गरिने बताएको छ। साथै (DGCA) लाई कुवेत अन्तरराष्ट्रिय बिमानस्थल पूर्ण क्षेमता सहित संचालन योजनाको तेस्रो चरणको कार्यान्वयन गर्नका लागी आइतबार २४ तारिख बाट आफ्नो पूर्ण क्षमता सहित बिमानस्थल संचालन गरिने भएको छ भने आन्तरिक मन्त्रालय र जनशक्ति को लागी सार्वजनिक प्राधिकरण सबैको कुवेतमा प्रवेश भिसा पुनः जारी गर्ने निर्णय गरिएको (DGCA) लाई उद्धत गर्दै अरबटाइम्सले लेखेको छ।


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...