Saturday 31st October 2026

साफ फुटबल खेलाडीहरूलाइ जनही ५ लाख र प्रशिक्षकहरूलाइ जनही ३ लाख पुरस्कार दिइने


तीतोपाटी – सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख र मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ । अाज बसेको मन्त्रीपरिषद बैठकले साफ फुटबल शुरू भएदेखि पहिलो पटक फाइनलसम्म पुगेर उपविजेता बनेको नेपाली फुटबल टोलीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साफमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको तथा बैठकले नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनको सम्मान गर्दै यस्लाई कायम राख्न प्रोत्साहन गर्ने नीति अनुरुप खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको बताए ।

भारतसंगको फाइनल खेल ३–० ले गुमाएको नेपाली टोलीको प्रदर्शन भने तारिफयोग्य थियो । आज विहान स्वदेश फर्किएको नेपाली टोलीलाई विमानस्थलदेखि नै भव्य स्वागत एवं सम्मान गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

समाचार प्रकाशनकै विषयलाई लिएर प्रहरीले विभिन्न सञ्चारमाध्यमका पत्रकारमाथि शुक्रबार गरेको धरपकडको घटनाले देशभर बहस सिर्जना गरेको छ। सञ्चारगृहभित्रै प्रवेश गरेर…

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

प्रतिकृयाहरू
...