Tuesday 27th October 2026

चाडपर्व छाडेर वैदेशिक रोजगारी जानेको यस्तो पीडा


तितोपाटी- दशैंका लागि घर जाने र परिवारसँग भेटघाट गर्न पाउने जति खुसी छन् । त्यो खुसीलाई बिर्साउने गरी केही भने दशैंको पूर्वसन्ध्यामा विदेश उडेका छन् ।

कामका लागि विदेश जान लागेका केही श्रमिकलाई हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर तयार पारेको यो सामग्री हेर्नुहोस् ।

निधारमा रातो टिका लगाएका नुवाकोटका सुमन तामाङ खिन्न मन लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यता उता गरिरहनु भएको छ ।

छेउमै उहाँकी जीवन संगिनी सुनिता छोरीलाई काखी च्यापेर उभिइरहनु भएको छ । सुमन कामका लागि दशैं मान्न छाडेर विदेश उड्न विमानस्थल पुग्नुभएको हो भने सुनिता आफ्नो जीवन साथीलाई बिदाई गर्न ।

दशैंमा खुसीको पोको बोकेर आउनु पर्ने आफ्ना बाबा खुसी खोज्न विदेश जाँदैछन् भन्ने पनि थाहा छैन यी नानीलाई । आफ्ना बाबा विरानो देशमा खुसी खोज्न जाँदै छन् भन्ने थाहा हुँदो हो त काखे नानीलाई किन निद्रा पर्थ्यो र ? मुटुका टुक्रा जस्तो छोरी र चन्द्रमा जस्ती जीवन संगिनीलाई छाडेर विदेशिनु सुमनको बाध्यता हो ।

अनि बाध्यताले विदेश उड्न लागेका आफ्ना जीवन साथीलाई विदा गर्न सुनितालाई अर्को बाध्यताले विमानस्थलसम्म डोहोर्‍याएको छ । उहाँ भारी मन लिएर श्रीमानको यात्राको सफलाको कामना गर्न यहाँसम्म आउनुभएको छ ।

चाडबाड छाडेर विदेशिने सुमन एक्लो हुनुहुन्न । सुमन जस्ता आधा करोड युवा घर परिवारभन्दा टाढा छन । बाध्यताले विदेशिनेलाई चाडबाडको रौनकभन्दा जिम्मेवारीको भारीले थिचेको छ ।

यो वर्ष चाडबाड मनाउन नपाएर दुखी भएकाहरु आउँदा वर्षमा रमाउने धोको साँचिरहेका छन । साभार हिमालय टेलिभिजन


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...