Thursday 3rd September 2026

नेपालीले विदेशमा लगानी गर्नु बाध्यता हो-अम्बरिश पोख्रेल


डा.अम्बरिश पोख्रेल- नेपालमा ब्यापार बिजनेस गर्ने वातावरण नभए पछि विदेशमा लगानी गर्नु बाध्यता हो । सकारात्मक रूपमा लिनु पर्छ ।

नेपालमा रहेका प्रत्येक कल कारखानामा पार्टिका युनियन खोलेर, व्यापार चौपट गरिदिने गरिएको मात्र होइन, प्रशासनको तर्फबाट समेत अनेक झन्झट दिए पछि विदेशमा लागानी गर्नु बाध्यता हो ।

त्यही भएर तलका सोरह जना ठूला व्यवसायीहरुले विदेशमा भए पनि आफ्नो व्यापार गर्ने जमर्को गर्नु भएको रहेछ । राम्रो लाग्यो ।

उहाँलाई अझ धेरै प्रगति गर्नुहोस् भनी शुभकामना दिन चाहन्छु, म एक सामान्य नागरिकको तर्फबाट । सबैले प्रोत्साहन गर्नु पर्ने हुन्छ ।

बरु विदेशमा लगानी गरेको ठाउँमा, काबिल नेपाली युवाहरुलाई पनि लगेर रोजगारी दिनु भयो भने सुनमा सुगन्ध हुने थियो । यसै गरौँ न कृपया ।

कसैले “कालो धन” वा “सेतो धन” पनि भन्ने गर्छन् । धन कालो सेतो हुँदैन । बरु विद्यमान “नियम कानुन कालो वा सेतो” हुन्छ । कालो कानुन बदल्नु पर्ने हुन्छ, सही सम्बोधन गर्नको लागि ।
कानुन बदलौं, उहाँहरुलाई नेपाल मै लगानी गर्ने ढोका खोलौ । यसो गरे झन् राम्रो हुँदैन र देशका शासक तथा प्रशासकहरू ज्यू ?

नाम जस्ताको त्यस्तै सामाजिक सञ्जाल बाट:

१. विनोद चौधरी
२. सारिका चौधरी
३. निर्वाण चौधरी
४. वरुण चौधरी
५. राहुल चौधरी
६. लोकमन्य गोल्छा
७.चन्द्रकुमार गोल्छा
८. हितेष गोल्छा
९. अजयराज सुमार्गी
१०. अरुण शर्मा
११. किशोर राना
१२. राजेन्द्र शाक्य
१३. सुहृदराज घिमिरे
१४. पुरुषोत्तम पौडेल
१५. सुधिर मित्तल
१६. राधेश्याम सर्‍राफ
आफ्नो व्यापार बिजनेस सुचारु गरिराख्न सक्नु भएकोमा पुन: बधाई तथा शुभकामना छ ।

अस्तु ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

प्रतिकृयाहरू
...