Saturday 17th October 2026

हाम्रो धर्म संस्कृतिको निर्माण वा विनिर्माणको जिम्मा हाम्रै हो। अरूलाई किन चासो ?


डा.अम्बरिश पोख्रेल- मानिसको आस्था र विश्वासको सम्मान सबैले सबै ठाउँमा गर्नुपर्छ ।

धर्म, संस्कृति, रीति रिवाज, चाल चलन सम्पूर्ण कुराहरु हामीसँग हाम्रै नेपाली भूमिमा यथेष्ट मात्रामा उपलब्ध छन् । अरूले सिकाउनु वा बोकाउन खोज्नु आवश्यक छैन ।

यतिसम्म की, हामीले अन्तरदेशीय पाहुनाहरुसंग देखाउनु पर्ने न्यूनतम देखि उच्चतम मापदण्ड समेत, सयौ वर्ष अगाडि देखि नै निश्चित तथा पूर्णता गरिएको रहेछ !

कुन चाड पर्वमा हामीले के के गर्न हुने वा नहुने, कुन समय परिस्थिति अनुसार लागू गर्ने वा नगर्ने भन्ने कुरा स्वयम् हाम्रै मूल ग्रन्थहरुमा तय गरिएको छ । यो कुरामा, हामीलाई अरु बाहिरिया कसैले जबर्जस्ती महाज्ञानी बनेर छद्मरुपी भेषमा सिकाउनु आवश्यक छैन ।

हामीसँग भएका सम्पूर्ण यो प्रकारका मौलिक मूल्य, मान्यता, आध्यात्मिक तथा उच्च तहको अलौकिक ज्ञानको भण्डारण हाम्रा पुर्खाको देन हो । त्यसको संरक्षण तथा परिष्कृत गर्नु, गराउनु वा यथावत राख्नु नयाँ पुस्ताको दायित्व हो । यसरी हाम्रो धर्म संस्कृतिको निर्माण वा विनिर्माण हाम्रै जिम्मा हो । अरूलाई किन चासो ?
अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

प्रतिकृयाहरू
...