Wednesday 29th October 2025

बजेटसँग सम्बन्धित दुई प्रस्तावित विधेयक राष्ट्रियसभाबाट पारित


तितोपाटी- राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि बिचार गरियोस भन्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको दोश्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकहरू माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गरेका थिए । बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाको कार्यशैलिमाथि प्रश्न उठाउदै एमालेका सांसदहरुले बिरोध गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले महत्वपूर्ण बिधेयकहरु अघि बढाउनुपर्ने भएकाले सहयोग गर्न आग्रह गरेका थिए ।त्यसअघि शुक्रबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको थियो । बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का सांसदले उभिएर विरोध जनाएकाले अध्यक्ष तिमिल्सिनाले सांसद खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए । उनले आफूहरुको विरोध कायमै रहेकाले बैठकको कामकारबाही अगाडि नबढाउन आग्रह गरे ।
राष्ट्रियसभाको अर्को बैठक असोज ११ गते बोलाइएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान…

प्रतिकृयाहरू
...