Tuesday 31st March 2026

राजधानी उपत्यकाका ४० प्रतिशत मानिसले कोरोना विरूद्धको दुवै डोज खोप लगाए


काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रणलाई प्रमुख प्राथमिकता बनाएर कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि खोप सहज बन्दै गएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् ।

सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छन् । प्रधानमन्त्री देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउने गरी प्रक्रिया अघि बढाउन निर्देशन गरिसकेका छन्। बागमती प्रदेशमा २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...