Sunday 27th September 2026

कुवेतस्थित नेपाली दूतावासले संविधान दिवस तथा राष्ट्रिय दिवस मनायो


तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

कोभिड-१९ रोकथामका नियमहरूको पालना गर्दै नेपाली राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरी हिजो (१९ सेप्टेम्बरको) दिन जबरियास्थित नेपाली राजदूतावासले यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो।

उक्त कार्यक्रममा कुवेतका लागी राजदूत दुर्गा प्रसाद भण्डारीले पानसमा बत्ती बाली कार्यक्रमको उद्धाटन गरेका थिए। सोही समारोहमा राजदूतावासका कर्मचारी एंव परिवारहरुको उपस्थिति रहेको थियो ।

राजदूत भण्डारीले कार्यक्रमको शुरूवातमा राजदूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय गान पछि एक मिनेट मौनधारण गरी शहीदहरु प्रति सम्मान व्यक्त गरिएको थियो ।

राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्ने क्रममा भण्डारीले राष्ट्रपति तथा प्रधानमन्त्रीबाट संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा जारी सन्देशको महत्वपूर्ण अंशहरु वाचन गरेर सुनाएका थिए।

उनले कुवेतमा रहेका सबै नेपालीहरूमा राष्ट्रिय दिवस तथा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गरेका थिए। ।

यसै क्रममा भण्डारीले नेपालको राजनैतिक परिवर्तनको ऐतिहासिकताको चर्चा गर्दै गणतन्त्र नेपालले सम्वृद्धिको दिशातिर यात्रा शुरू गरेको विचार व्यक्त गरेका थिए।


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...