Wednesday 29th October 2025

कस्ता कस्ताको घाँटीमा पुगिने भयो भनेर पदकहरू लाज मानिरहेका छन:ओली


तितोपाटी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरणका लागि सार्वजनिक गरेको नामहरूप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार संविधान दिवसका अवसरमा पार्टीले गरेको कार्यक्रममा उनले पदकहरूले नै लाज मानिरहेको भन्दै कटाक्ष गरे ।

अध्यक्ष ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको अनुभूति गर्न, गर्व गर्न पाउनुपर्नेमा बालाई सम्मान, श्रीमतीलाई सम्मान गरिएको छ । अघिल्लो पटकको पनि म सम्झन चाहन्छु । एउटाको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रीलाई सम्मान, अर्काको छोरो महान समाजसेवी, अर्कोको छोरी महान समाजसेवी, कस्तो विडम्बना यो देशको ? कस्ता भोका जुका पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा ।’

उनले संविधान दिवसको दिन लोकतन्त्र पाएकोमा, सपना साकार भएकोमा सहिदको छोराले, आमाबावुले गर्व गर्न पाउनुपर्ने, घाइतेहरूले सम्मानित हुन पाउनुपर्नेमा नेताका आफन्तलाई पदक बाडेको भन्दै टिप्पणी गरे ।

उनले भने, ‘आज बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा ? कस्तो भोक ? कस्तो आकांक्षा, कस्तो अतृप्ति ? बाहिर निस्किएर भाषण गर्ने हो भने केही चाहिएको छैन हामीलाई भन्ने ? म अरु जस्तो पदलोलुप छैन, नातावादी कृपावादी छैन् । म जनताका लागि भनेर बाहिर जतिसुकै भाषण गर्ने तर मौका पाउँदा हेर्नुस त अलंकार, पदक, विभूषणहरूको नाकमा कालो पोतेको । ति विभूषणले लज्जा मानेको हेर्नुस त । लजाइरहेका छन् ति मानपदवीहरू । कस्तो कस्तोको घाँटीमा झुन्डिने भइयो । शरम मानेका छन् । बोल्न सक्ने भए उफ्रन्ते ती तर बोल्न सक्दैनन् । लज्जाजनक स्थिति ।’

उनले पदक घोषणा गरिएका पत्रकार तथा कानुन व्यवसायीहरुको समेत उछित्तो काटेका छन् ।

रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

प्रतिकृयाहरू
...