Sunday 1st November 2026

यमनमा सरकारी सुरक्षा फाैज र विद्रोहीबिचको झडपमा कम्तिमा ५० जनाको मृत्यु


तीतोपाटी – यमनमा सरकारी सुरक्षा फाैज र विद्रोहीबिचको झडपमा कम्तिमा ५० जनाको मृत्यु भएको छ । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० जना मारिएको कुरा द टाइम्स अफ इन्डियाले जनाएको छ ।

सैनिक स्रोतलाइ उद्धृत गर्दै प्रकाशित उक्त समाचार अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा सरकारी सुरक्षा फाैज तर्फ एक उच्च सैनिक अधिकारी सहित २० जना र विद्रोहीतर्फ कम्तिमा ३० जना मारिएका छन् । सरकार समर्थक सेना र विद्रोहीबीच भएको झपड र हवाई आक्रमणमा सो संख्यामा हताहत भएको बताइएको छ ।

हुथी विद्रोहीहरुले मारिएका आफ्ना लडाकूको संख्या कम भएको बताए पनि कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दावी गरेको छ ।

इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्ताहरुमा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भएका छन् ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...