Sunday 18th October 2026

यमनमा सरकारी सुरक्षा फाैज र विद्रोहीबिचको झडपमा कम्तिमा ५० जनाको मृत्यु


तीतोपाटी – यमनमा सरकारी सुरक्षा फाैज र विद्रोहीबिचको झडपमा कम्तिमा ५० जनाको मृत्यु भएको छ । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० जना मारिएको कुरा द टाइम्स अफ इन्डियाले जनाएको छ ।

सैनिक स्रोतलाइ उद्धृत गर्दै प्रकाशित उक्त समाचार अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा सरकारी सुरक्षा फाैज तर्फ एक उच्च सैनिक अधिकारी सहित २० जना र विद्रोहीतर्फ कम्तिमा ३० जना मारिएका छन् । सरकार समर्थक सेना र विद्रोहीबीच भएको झपड र हवाई आक्रमणमा सो संख्यामा हताहत भएको बताइएको छ ।

हुथी विद्रोहीहरुले मारिएका आफ्ना लडाकूको संख्या कम भएको बताए पनि कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दावी गरेको छ ।

इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्ताहरुमा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...