Friday 18th July 2025

भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-१ ले पराजित


तीतोपाटी – भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको छ । आज आइतबार दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका थिए ।

यसैबीच खेल सकिन ५ मिनेट अघि तेज तामाङले नेपालका तर्फबाट एक गोल फर्काउन सफल भए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए ।

यसअघि विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलमा नेपालले अग्रता लिएपनि भारतले बराबरी गोल फर्काएको थियो ।

आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

प्रतिकृयाहरू
...