Tuesday 7th April 2026

बदर अल समा मेडिकल सेन्टरले KKPA का लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने


तीतोपाटी – अत्याधुनिक स्वास्थ्य सेवा दिंदै आएको बदर अल समा मेडिकल सेन्टरले कुवेत केरला प्रवासी संघका लागि आगामी १० सेप्टेम्बर २०२१ शुक्रबारको दिन एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्बन्धि पोष्टर सार्वजनिक गर्दै सो कुराको जानकारी दिइएको हो ।

बदर अल समा मेडिकल सेन्टरको सभाहलमा शाखा प्रबन्धक श्री अब्दुल रजाकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्बन्धी पोष्टर सार्वजनिक गरी  केकेपिएका अध्यक्ष श्री शकिर पुथानपलाथु महासचिव सुश्री कन्नूर, श्री अब्दुल कलाम मौलवी (सल्लाहकार बोर्ड) श्री वनाजा रा जन (सचिव), श्री जोस जर्ज (कार्यक्रम कोनेनर), श्री सजीव चावककड (कोषाध्यक्ष)लाई एक निः शुल्क चिकित्सा शिविर पोस्टर प्रदान गर्नुभयो। लाइ पोष्टर प्रदान गरेका थिए ।

सो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्बन्धि पोष्टर सार्वजनिक समारोहमा बदर अल समा मेडिकल सेन्टरको तर्फबाट शाखा प्रवन्धक अब्दुल रजाकको अलावा  विजनेस को अर्डिनेटर श्री अनास, मार्केटिङ कोअर्डिनेटर मिस प्रीमा का साथै बदर अल समा मेडिकल सेन्टर तथा केकेपिएका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

स्मरण रहोस, बदर अल समा मेडिकल सेन्टर फरवानियाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, मिडिया ग्रुप, कम्पनीहरूसँग हातेमालो र सहकार्य गरि स्वास्थ्य  सेवामा विभिन्न  छुटका प्याकेज तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...