Sunday 12th May 2024

फुटबल टोलीको बन्द प्रशिक्षण अब कतारमा हुने


तितोपाटी- राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा गर्ने तयारी गरिएको छ । तर उक्त प्रशिक्षण भारत बिरुद्धको मैत्रीपूर्ण खेलपछि मात्रै हुनेछ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार राष्ट्रिय फुटबल टोली आगामी सेप्टेम्बर १० मा दोहाका लागि प्रस्थान गर्नेछ । माल्दिभ्समा अक्टोबर एक देखि हुन लागेको दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको तयारी स्वरुप बन्द प्रशिक्षण कतारमा गर्न लागेको एन्फाले जनाएको छ । हाल पोखरामा बन्द प्रशिक्षणमा रहेका २५ खेलाडी कतार प्रस्थान गर्नेछ । कतारबाटै राष्ट्रिय फुटबल टोली सेप्टेम्बर २७ मा माल्दिभ्सको लागि प्रस्थान गर्नेछ । नेपालले भदौ १७ र भदौ २० मा भारत बिरुद्ध घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेल्नेछ । सन् २०२२ को विश्वकप छनोट प्रतियोगिता खेलेर कुवेतबाट फर्केपछि राष्ट्रिय टोलिको बन्द प्रशिक्षण काठमाडौंमा सञ्चालन गरिएको थियो । काठमाडौंमा करिब तीन साता प्रशिक्षण सम्पन्न भएपछि टोलि पोखरा पुगेको हो । पोखरामा दुई साताको प्रशिक्षणपछि अब कतार प्रस्थान गर्ने एन्फाले जनाएको छ । गोरखापत्र अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले…

एजेन्सि-रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।…

प्रतिकृयाहरू
...