Thursday 30th October 2025

सिन्धुपाल्चोकमा बस दुर्घटना, २६ जना घाइते, उद्धार कार्य जारी


तितोपाटी- सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा बुधबार यात्रीवाहक बस दुर्घटना भएको छ ।

सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा बिहान करिब ११ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले बाह्रखरीलाई जानकारी दिए ।
दुर्घटनामा २४ जना घाइेतको उद्धार गरिएको र दुईजना गाडीले थिचिएको अवस्थामा रहेको उनले बताए । प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।
घाइतेमध्ये १५ जनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । बाँकी नौजनालाई सिन्धुपाल्चोककै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा पठाइएको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: संयुक्त राज्य अमेरिकाले मंगलबार मालीमा रहेका अमेरिकीहरूलाई तुरुन्तै व्यावसायिक उडानहरू प्रयोग गरेर देश छोड्न चेतावनी दिएको छ, किनकि अल-कायदासँग…

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

प्रतिकृयाहरू
...