Thursday 25th December 2025

अष्ट्रेलियामा एकै हप्ता भित्रमा ३ नेपाली विद्यार्थीको मृत्यु


तीतोपाटी – विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेका ३ जना नेपाली विद्यार्थीको एक पछि अर्को गरि गत साता एकै हप्ता भित्रमा मृत्यु भएको छ । मृत्यु हुनेमा अध्ययनको शिलशिलामा पर्थमा रहेका सम्राट तामाङ्ग, सिड्नीमा रहेकी रश्मी लेखक र रिजनल साउथवेल्समा रहेकी अर्की एक नेपाली विद्यार्थी रहेको एनआरएनए अष्ट्रेलियाले एक समवेदना सन्देश जारी गरि जानकारी दिएको छ ।

रामेछाप स्थायी घर भइ २ वर्ष अघि अष्ट्रेलिया पुगेका तामाङ्गको शनिबार पर्थकै एक अस्पतालमा निधन भएको हो । त्यस्तै लिभर क्यान्सरले पिडित रश्मी लेखकको सिड्नीको स्थानीय अस्पतालमा शुक्रबार निधन भएको हो । त्यसैगरी रिजनल न्यू साउथवेल्समा रहेकी अर्की एक युवतीको शनिबार राति निधन भएको भन्दै  गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) का अध्यक्ष नन्द गुरुङ्गले समवेदना सन्देश सार्वजनिक गरेका छन् ।


तामाङ बिरामी भइ अस्पतालको सैय्यामा कोमामा पुगेपछि तामाङ्गको परिवारकै आग्रहमा पश्चिम अस्ट्रेलियावासी सम्राटको जीवन बचाउने महाअभियानका जुटेका थिए । अभियन्ताहरुले जीवन संघर्षमा रहेको एउटा उम्दा युवाको जीवन रक्षाका लागि सक्रिय सहभागिता जनाइदिन अपिल गरेका थिए । सहयोगी मनका लागि एनआरएनए पश्चिम अस्ट्रेलियाको खातामा रकम जम्मा गर्न सकिने प्रबन्ध पनि मिलाइएको थियो । तर सुन्दर भविश्यको सपना बोकेर अष्ट्रेलिया आएका तामाङ्गको निधनले पर्थवासीहरु विक्षिप्त बनेको एनआरएनए पश्चिम अष्ट्रेलियाका संयोजक दिपक बस्नेत बताउँछन् ।

यता सिड्नीमा रहेकी रश्मी लेखकको उपचारको क्रममै निधन भएको खबरले यहाँको नेपाली समाज विक्षिप्त बनेको छ । हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका नन्द गुरुङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना प्रकट गर्दै भनेका छन् आफूले सपथ ग्रहण गरेकै दिनको २४ घण्टाका आसपासमा तीन नेपाली भाईबहिनीको निधनको खबर पाउँदा म दुःखित बनेको छु ।’ त्यसो त रश्मीको उपचारका क्रममा एनआरएनएले सहयोग गरेको थियो भने निधन भएको खबरसँगै अन्तिम संस्कारका कार्यका लागि समेत सहयोग गरिसकेको पनि गुरुङ्गले बताए ।

अष्ट्रेलियामा नेपालीहरुको संख्यामा द्रुततर गतिमा बृद्धि भएसँगै यहाँ विभिन्न प्रकारका मानसिक रोग, दीर्घ रोग, आर्थिक अभाव, जुवाको लत, सवारी दुर्घटना र समुन्द्रमा डुबेर नेपालीहरुको निधन हुनेको संख्या पनि त्यतिकै बढेको छ ।

उपरोक्त  खबर एएनजेखबर डट कम मा प्रकाशित भएको छ ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...