Wednesday 21st January 2026

तस्बिरमा लेखिएका ५७ स्रष्टाका उदकहरू


तीतोपाटी – तीतोपाटी डट कम बाट प्रत्येक हप्ता प्रकाशित गरिने उदक श्रृंखला अन्तर्गत आजको श्रृंखलामा जम्मा ५७ जना उदक यात्रीहरूका उदकहरू प्रकाशित गरिएको छ ।

उदक अभ्यास : भाग १३
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०५-०४ गते शुक्रवार
सहभागी सङ्ख्या : ५७ जना

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ४:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌।


कमल
ब्रह्माजीको आसन
मनु कैटभको उत्पति !
✍️ रमा पन्त, पाल्पा


प्रभात
उषा किरण
हर्षका मधुर गीत !
✍️ अविराज व्यञ्जन, लुम्बिनी, नेपाल


रङ्गिन
किरण छाया
कमल फक्रिएको दृश्य !
✍️ चक्र शाही, कैलाली


कमल
फुल्छ हिलाेमा
सुन्दर उत्कृष्ट फूल !
✍️ नवराज भट्ट, महेन्द्रनगर


पानीमा
फूलको छाया
अस्ताउँदो रविको माया !
✍️ बालकृष्ण खनाल, टीकापुर


साैन्दर्य
कमल तालमा
सूर्य किरण लालमा !
✍️ सुरेश चन्द्र घिमिरे, लमजुङ


कमल
हिलोको जीवन
बुझ्न सके अमूल्य !
✍️ अम्बिका कार्की, चितवन


लालीमा
कमल फुल्दा
तरङ्गित यो मन !
✍️ रमेश प्रभात, चितवन


फूल
प्रकृतिको उपहार
मनै लाेभिने बासना !
✍️ राजकुमार राजभण्डारी ,भक्तपुर

१०
कमल
तैरिने पानीमा
उषा किरण छाया !
✍️ राम न्यौपाने, कैलाली

११
ढकमक्क
फुलेकाे कमल
प्रकृतिमा सुन्दर झलमल !
✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा

१२
प्रतिनिधित्व
ब्रह्माजीको स्वामित्व
अमूल्य कमलको अस्तित्व !
✍️ ईश्वरी अधिकारी, लमजुङ

१३
बर्षात्
रोएका रातहरू
आकाश खुल्ने आशामा !
✍️ वेदप्रसाद रिजाल, इलाम

१४
किरण
वर्षा समाप्त
शरद ऋतु आगमन !
✍️ सरस्वती श्रेष्ठ, इटहरी

१५
सौन्दर्य
प्रकृतिको खानी
फूल जस्तै जवानी !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

१६
कमल
सन्ध्याको लालीमा
खुसी अभिव्यक्त गर्दै !
✍️ विनय तामाङ, भक्तपुर

१७
कमल
उषाकाे लालिमा
तरङ्गै तरङ्ग जिन्दगानीमा !
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा

१८
कमल
जीवन दर्शन
परिस्थिति अनुकुल फुल्नु !
✍️ समुन्द्रा शर्मा, सुनसरी

१९
फूल
आशाको किरण
रङ्गिन सुन्दर जीवन !
✍️ अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा, हाल: मलेसिया

२०
बिभिन्न
रङ्गको मिलन
सूर्य कमल तलाउ !
✍️ घनश्याम पौडेल, पोखरा

२१
सुन्दर
प्रकृति मूल
तालमा कमल फूल !
✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका-१४, दाङ

२२
तलाउ
फूलको प्रतिबिम्ब
क्षणिक जीवनको आभास !
✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली

२३
ताल
कमलको फूल
आहा गजब सौन्दर्यता !
✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हाल: यूएई

२४
कमल
हिलोको भित्र
आफ्नै पहिचान राख्ने !
✍️ तिला लेकाली, मोरङ

२५
प्रकृति
प्रभातमा झलमल
जीवन पुष्प कमल !
✍️ ईश्वर लामिछाने, धरान

२६
कमल
फूलको बयान
हेर जलमाथि बगान !
✍️ कमला गौतम, रुपन्देही

२७
कमल
पानीको तलाउ
प्रकृतिले गर्यो भरिभराउ !
✍️ खेमराज पुरी, कैलाली

२८
तलाउ
प्राकृतिक प्रतिबिम्ब
जीवन उल्लासको उमङ्ग !
✍️ दीपकराज गौतम, कैलाली

२९
सूर्योदय
प्रतिविम्बित जल
सुसज्जित कमल फूल !
✍️ सरस्वती श्रेष्ठ, रुपन्देही

३०
सुन्दर
तलाउमा कमल
मन लोभ्याउने वातावरण !
✍️ नारायण खनाल, भु.न.पा.-१, अर्घाखाँची

३१
सुन्दर
प्राकृतिक धरा
देखिन्छ सधैं हराभरा !
✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे

३२
क्षितिज
काेमल रङ्ग
सृष्टि रचना सार !
✍️ राेशन पराजुली, धरान

३३
तालमा
फुलेका कमल
बिहानीको स्वागतमा रूझेका !
✍️ विजया घिमिरे, जनकपुर

३४
अनाैठाे
मनमाेहक वातावरण
प्राकृतिक सम्पदाको आकर्षण !
✍️ रामकृष्ण दुवाडी, पाेखरा

३५
सुन्दर
हराभरा प्रकृति
जिन्दगी सुनाैलाे तलाउ !
✍️ साहित्य सहयात्री, रुपन्देही

३६
सुर्य
कमलको मोहमा
गोधूलिमा चुम्दै तलाउ !
✍️ बिके माकजू, भक्तपुर

३७
कमल
ब्रह्माजीको अवतरण
सुन्दर प्रतिबिम्ब तालमा !
✍️ कमला देवकोटा, पाल्पा

३८
बैजनी
लालित्य जीवन
अनुपम कला सौन्दर्य !
✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी

३९
दृश्य
कमल सूर्यको
सुन्दर संयाेजन प्रतिछायाकाे !
✍️ खड्गबहादुर गुरुङ, टीकापुर

४०
मनमाेहक
सुनाैलाे सुर्यकिरण
तलाउमा फक्रेकाे कमल !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

४१
सुन्दर
अति रमणीय
ठाउँ हेरिरहनु जस्तो !
✍️ विश्वनाथ श्रेष्ठ, फिक्कल, सिन्धुली

४२
कमल
सूर्योदय समय
उस्तै धरती आकाश !
✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा

४३
लालिमा
रवि स्पर्श
मुसुक्क मुस्कायो पंकज !
✍️ गोपालप्रसाद पौड्याल, विराटनगर

४४
प्रकृति
सुन्दर वातावरण
पानीमा कमल फूल !
✍️ रिता खराल, रुपन्देही

४५
मनाेरम
प्राकृतिक सुन्दरता
मनुष्य कृडास्थल तलाउ !
✍️ रामसुन्दर थारु, कैलाली

४६
प्रभात
सूर्यकाे किरणले
सुनाैलाे पाेतियाे ताल !
✍️ लता पौड्याल निरौला, इलाम

४७
कमल
कोमल मन
प्रहार छातिको माथि !
✍️ विक्रम शिशिर, कोहलपुर

४८
अतुलनीय
सुन्दरता प्रकृतिको
छाया प्रछाया सूर्यकमलको !
✍️ उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर, काठमाणडौँ

४९
साैन्दर्य
प्रकृति रानी
छर्लङ्ग रूप जलभित्र !
✍️ चन्द्रावती अधिकारी, कोहलपुर

५०
दिव्य
सुशाेभित तालमा
ज्याेतिर्मय रवि कमल !
✍️ मुना दाहाल, ललितपुर

५१
आकृति
जस्ताको तस्तै
देखिन्छ उस्को प्रकृति
✍️ सायु सुसन राई, सुनसरी

५२
कमल
हिलाेमा मुस्कुराएकाे
प्राकृतिकाे अनुपम उपहार !
✍️ श्रद्धा आचार्य, पोखरा

५३
जलाशय
मनोहर दृश्य
जीवन जिउने कला !
✍️ उर्मिला न्यौपाने, कैलाली

५४
उपहार
फूलकाे प्रहार
रंगिन रहेछ संसार !
✍️ धनराज अविरल
अध्यक्ष – अक्षर साहित्य प्रतिष्ठान लम्की, कैलाली

५५
बिहानी
फूलको जवानी
सम्पूर्ण सजीवको कहानी !
✍️ आर्त अकुलीन, कैलाली

५६
प्रकृति
सुन्दर फूल
हृदयको ताल छातिमा !
✍️ सविता के.सी., काठमाडौँ

५७
तलाउ
बिहानी लाली
फूल जस्तो जीवन !
✍️ कविता आचार्य, कैलाली


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...