Thursday 12th March 2026

तस्बिरमा लेखिएका ५७ स्रष्टाका उदकहरू


तीतोपाटी – तीतोपाटी डट कम बाट प्रत्येक हप्ता प्रकाशित गरिने उदक श्रृंखला अन्तर्गत आजको श्रृंखलामा जम्मा ५७ जना उदक यात्रीहरूका उदकहरू प्रकाशित गरिएको छ ।

उदक अभ्यास : भाग १३
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०५-०४ गते शुक्रवार
सहभागी सङ्ख्या : ५७ जना

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ४:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌।


कमल
ब्रह्माजीको आसन
मनु कैटभको उत्पति !
✍️ रमा पन्त, पाल्पा


प्रभात
उषा किरण
हर्षका मधुर गीत !
✍️ अविराज व्यञ्जन, लुम्बिनी, नेपाल


रङ्गिन
किरण छाया
कमल फक्रिएको दृश्य !
✍️ चक्र शाही, कैलाली


कमल
फुल्छ हिलाेमा
सुन्दर उत्कृष्ट फूल !
✍️ नवराज भट्ट, महेन्द्रनगर


पानीमा
फूलको छाया
अस्ताउँदो रविको माया !
✍️ बालकृष्ण खनाल, टीकापुर


साैन्दर्य
कमल तालमा
सूर्य किरण लालमा !
✍️ सुरेश चन्द्र घिमिरे, लमजुङ


कमल
हिलोको जीवन
बुझ्न सके अमूल्य !
✍️ अम्बिका कार्की, चितवन


लालीमा
कमल फुल्दा
तरङ्गित यो मन !
✍️ रमेश प्रभात, चितवन


फूल
प्रकृतिको उपहार
मनै लाेभिने बासना !
✍️ राजकुमार राजभण्डारी ,भक्तपुर

१०
कमल
तैरिने पानीमा
उषा किरण छाया !
✍️ राम न्यौपाने, कैलाली

११
ढकमक्क
फुलेकाे कमल
प्रकृतिमा सुन्दर झलमल !
✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा

१२
प्रतिनिधित्व
ब्रह्माजीको स्वामित्व
अमूल्य कमलको अस्तित्व !
✍️ ईश्वरी अधिकारी, लमजुङ

१३
बर्षात्
रोएका रातहरू
आकाश खुल्ने आशामा !
✍️ वेदप्रसाद रिजाल, इलाम

१४
किरण
वर्षा समाप्त
शरद ऋतु आगमन !
✍️ सरस्वती श्रेष्ठ, इटहरी

१५
सौन्दर्य
प्रकृतिको खानी
फूल जस्तै जवानी !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

१६
कमल
सन्ध्याको लालीमा
खुसी अभिव्यक्त गर्दै !
✍️ विनय तामाङ, भक्तपुर

१७
कमल
उषाकाे लालिमा
तरङ्गै तरङ्ग जिन्दगानीमा !
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा

१८
कमल
जीवन दर्शन
परिस्थिति अनुकुल फुल्नु !
✍️ समुन्द्रा शर्मा, सुनसरी

१९
फूल
आशाको किरण
रङ्गिन सुन्दर जीवन !
✍️ अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा, हाल: मलेसिया

२०
बिभिन्न
रङ्गको मिलन
सूर्य कमल तलाउ !
✍️ घनश्याम पौडेल, पोखरा

२१
सुन्दर
प्रकृति मूल
तालमा कमल फूल !
✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका-१४, दाङ

२२
तलाउ
फूलको प्रतिबिम्ब
क्षणिक जीवनको आभास !
✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली

२३
ताल
कमलको फूल
आहा गजब सौन्दर्यता !
✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हाल: यूएई

२४
कमल
हिलोको भित्र
आफ्नै पहिचान राख्ने !
✍️ तिला लेकाली, मोरङ

२५
प्रकृति
प्रभातमा झलमल
जीवन पुष्प कमल !
✍️ ईश्वर लामिछाने, धरान

२६
कमल
फूलको बयान
हेर जलमाथि बगान !
✍️ कमला गौतम, रुपन्देही

२७
कमल
पानीको तलाउ
प्रकृतिले गर्यो भरिभराउ !
✍️ खेमराज पुरी, कैलाली

२८
तलाउ
प्राकृतिक प्रतिबिम्ब
जीवन उल्लासको उमङ्ग !
✍️ दीपकराज गौतम, कैलाली

२९
सूर्योदय
प्रतिविम्बित जल
सुसज्जित कमल फूल !
✍️ सरस्वती श्रेष्ठ, रुपन्देही

३०
सुन्दर
तलाउमा कमल
मन लोभ्याउने वातावरण !
✍️ नारायण खनाल, भु.न.पा.-१, अर्घाखाँची

३१
सुन्दर
प्राकृतिक धरा
देखिन्छ सधैं हराभरा !
✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे

३२
क्षितिज
काेमल रङ्ग
सृष्टि रचना सार !
✍️ राेशन पराजुली, धरान

३३
तालमा
फुलेका कमल
बिहानीको स्वागतमा रूझेका !
✍️ विजया घिमिरे, जनकपुर

३४
अनाैठाे
मनमाेहक वातावरण
प्राकृतिक सम्पदाको आकर्षण !
✍️ रामकृष्ण दुवाडी, पाेखरा

३५
सुन्दर
हराभरा प्रकृति
जिन्दगी सुनाैलाे तलाउ !
✍️ साहित्य सहयात्री, रुपन्देही

३६
सुर्य
कमलको मोहमा
गोधूलिमा चुम्दै तलाउ !
✍️ बिके माकजू, भक्तपुर

३७
कमल
ब्रह्माजीको अवतरण
सुन्दर प्रतिबिम्ब तालमा !
✍️ कमला देवकोटा, पाल्पा

३८
बैजनी
लालित्य जीवन
अनुपम कला सौन्दर्य !
✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी

३९
दृश्य
कमल सूर्यको
सुन्दर संयाेजन प्रतिछायाकाे !
✍️ खड्गबहादुर गुरुङ, टीकापुर

४०
मनमाेहक
सुनाैलाे सुर्यकिरण
तलाउमा फक्रेकाे कमल !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

४१
सुन्दर
अति रमणीय
ठाउँ हेरिरहनु जस्तो !
✍️ विश्वनाथ श्रेष्ठ, फिक्कल, सिन्धुली

४२
कमल
सूर्योदय समय
उस्तै धरती आकाश !
✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा

४३
लालिमा
रवि स्पर्श
मुसुक्क मुस्कायो पंकज !
✍️ गोपालप्रसाद पौड्याल, विराटनगर

४४
प्रकृति
सुन्दर वातावरण
पानीमा कमल फूल !
✍️ रिता खराल, रुपन्देही

४५
मनाेरम
प्राकृतिक सुन्दरता
मनुष्य कृडास्थल तलाउ !
✍️ रामसुन्दर थारु, कैलाली

४६
प्रभात
सूर्यकाे किरणले
सुनाैलाे पाेतियाे ताल !
✍️ लता पौड्याल निरौला, इलाम

४७
कमल
कोमल मन
प्रहार छातिको माथि !
✍️ विक्रम शिशिर, कोहलपुर

४८
अतुलनीय
सुन्दरता प्रकृतिको
छाया प्रछाया सूर्यकमलको !
✍️ उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर, काठमाणडौँ

४९
साैन्दर्य
प्रकृति रानी
छर्लङ्ग रूप जलभित्र !
✍️ चन्द्रावती अधिकारी, कोहलपुर

५०
दिव्य
सुशाेभित तालमा
ज्याेतिर्मय रवि कमल !
✍️ मुना दाहाल, ललितपुर

५१
आकृति
जस्ताको तस्तै
देखिन्छ उस्को प्रकृति
✍️ सायु सुसन राई, सुनसरी

५२
कमल
हिलाेमा मुस्कुराएकाे
प्राकृतिकाे अनुपम उपहार !
✍️ श्रद्धा आचार्य, पोखरा

५३
जलाशय
मनोहर दृश्य
जीवन जिउने कला !
✍️ उर्मिला न्यौपाने, कैलाली

५४
उपहार
फूलकाे प्रहार
रंगिन रहेछ संसार !
✍️ धनराज अविरल
अध्यक्ष – अक्षर साहित्य प्रतिष्ठान लम्की, कैलाली

५५
बिहानी
फूलको जवानी
सम्पूर्ण सजीवको कहानी !
✍️ आर्त अकुलीन, कैलाली

५६
प्रकृति
सुन्दर फूल
हृदयको ताल छातिमा !
✍️ सविता के.सी., काठमाडौँ

५७
तलाउ
बिहानी लाली
फूल जस्तो जीवन !
✍️ कविता आचार्य, कैलाली


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...