Saturday 11th April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ६६ औं काव्य श्रृङ्खला लघु कथा वाचन गरी भव्यरूपमा सम्पन्न


तीतोपाटी, काठमाडाैं –  चन्द्रागिरि साहित्य प्रतिष्ठानको ६६ औं काव्य श्रृङ्खला लघु कथा वाचन गरी  भव्य रुपमा सम्पन्न भएको छ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा,बरिष्ठ लघु कथाकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा,कलानिधि दाहाल,पुरुषोत्तम सिग्देल,श्रीधर पौडेल,खगेन्द्र बस्याल,गंगा लिगल ज्यूको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको उद्घोषणमा ६६ औं श्रृङ्खला यहि भाद्र २ गते अनलाइन भर्चुअल माध्यमबाट भव्य रुपामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम ललिता दोषी,निर्मल पराजुली,पुणर् पन्त,शारदा आचार्य,टेक बहादुर लौडारी,लक्ष्मी प्रसाद मिश्र’ चन्द्रावतीअधिकारी,द्वारिका कुईकेल,उर्मिला पन्त,आर्त अकुलीन,सिता विष्ट कार्की,दुर्गा अधिकारी,शोभा कडरिया,उत्तम भेटवाल,चन्द्रा न्यौपाने,कल्पना देवकोटा,रस्मी रिमाल,निरू गौतम,चन्द्रकला अधिकारी,चुडा निर्भिक,बालकृष्ण सुवेदी,वीर बहादुर लोहनी,उत्तम भेटवाल लगायत ३१ जना लघु कथाकारहरूले आ-आफ्ना रचना वाचन गरी सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि श्रेष्ठले लघु कथाको ऐतिहासिक पृष्ट भूमि,सैद्धान्तिक आधार, र यसको सम्रचना बारे बोल्नु हुँदै छोटो हुदैमा लघु कथा बन्दैन, मर्म बुझेपछि लघुकथा लेख्न सजिलो हुन्छ भन्नु भयो । बरिष्ठ साहित्यकार बम बहादुर थापाले सैदान्तिक आधार भित्र रहेर सुन्दा लघुकथाको स्वाद कविता जत्तीकै मीठो हुदोरहेछ भन्नु हुँदै आख्यानलाइ सवाइ छन्दमा प्रस्तुत गर्नु भयो । कलानिधि दाहालले साहित्य नैतिकताले भर्नु हुँदैन राजनैतिक व्यङ्ग्य हुनु पर्छ भन्नु भयो । कार्यक्रमको अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले चन्द्रगिरिले विधागत,विषयगत,र पर्व विशेष गोष्ठी गर्दै आएकोमा साहित्यकार ज्यूहरू त्यही अनुरुप रचना लिएर जोडिनु भएकोमा खुशी व्यक्त गर्नु हुँदै आगामी कार्यक्रम हास्य व्यङ्ग्य विधामा हुने जानकारीका कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...