Saturday 11th April 2026

चार स्रष्टाका खोरियाहरू


१ आँखाभरि छन् सपना
बन्दैनन् तर विपना
गरिबको कस्तो जुनी
बन्छ बैगुनी ।

२ तरर धारा पसिना
दुखपीडाको असिना
लर्के जीवन अल्झियो
व्यथा बल्झियो ।

३ बराबर घामपानी
ढल्क्यो सुस्तरी जवानी
डाँडामाथिको भाष्कर
हामी अस्तर ।

विन्दु दाहाल मूकदर्शक
दमक ८ झापा

तीन खोरियाहरू

(१). खोरियाको मात्रा जाँच
आठ आठ आठ पाँच
गाउँदा लय मीठो छ
युगौँ जीउँछ ।

(२). हात पाउ बस्न लागे
बचन लाउने जागे
कता जाऔँ के गरौँ भो
फाटिमर्नु भो ।

(३). कस्तो काल बेला आयो
सद्भावना दूर भाग्यो
लोभ गर्दै लुट गर्ने
नोट हसुर्ने ।

पूर्णप्रसाद पन्त
सिराञ्चोक ८ गोरखा ।

धेरै भो कता हरायौ
पीडाको आँसु झरायौ
बाटोनै हेरी बस्दैछु
फोटो टाँस्दैछु ।

फलेको बृक्ष नुगेछ
घमण्ड टुप्पो पुगेछ
प्रेमको नातो टुटायौ
भग्य फुटायौ ।

बिर्सेकै हो की मायाले
तर्सायो आफ्नै छायाले
बाचालौ कता हरायो
एक्लो बनायो ।

जनार्दन अधिकारी धड्कन
चन्द्रागिरि कठमाडौ

 

खोरिया

दिदि,बैनी लिनु होला,
तिज पर्वको नमन,
उन्नती र प्रगतिको
शुभकामना।

यै सस्कार जोगाउन
दिदी ,बैनी तिज मान्नु
लिन लाई आउदिन
आफै आउनु।

कोरोना लाग्यो दिदी
लिन आउन सक्दिन
दिदी,बैनी नआएमा
तिजै मान्दिन।

लक्ष्मी प्रसाद मिश्र
सुन्सर बहार लमजुङ


सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...