Wednesday 21st January 2026

सुरू भयो – शब्दसारथि


समाचारदाता, बोस्टन, अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम ‘ अनेसास शब्दसारथि’ को प्रसारण आरम्भ गरेको छ । आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना , वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ ।

पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । यसैगरी कवि मञ्जुल, रमेश क्षितिज र सुरेन्द्र अस्तफलले तीनतीनवटा कविता वाचन गरे ।

उपन्यासकार मदनमणि दीक्षितको तेस्रो बार्षिक पूण्यतिथि पनि परेकोले प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दीक्षितप्रति श्रद्धा-सुमन अर्पणगर्दै सम्झना पनि सुनाए ।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्माको साथमा सदस्य तीर्थ अधिकारीले पनि सिर्जना वाचन तथा कार्यक्रम आरम्भको आवश्यकता वारे मन्तव्य राखे ।

कार्यक्रममा अनेसासका महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्णकुमार गिरी , सदस्य डा. रेणुका सोलु र दर्पणका प्रधानसम्पादक लालगोपाल सुवेदीले अनेसासका केही नयाँ कार्यक्रमका बारेमा जानकारी गराए ।
अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले कार्यक्रमको संयोजन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...