Tuesday 21st May 2024

मृगौला पिडित जयरामलाई मोरङ सुनसरी सेवा समाज कुवेतको आर्थिक सहयोग


तितोपाटी- विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भए नयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गरेपछी मोरङ मोरङ सुनसरी सेवा समाज कुवेतले उपेन क्षेत्रीको संयोजकत्वमा कुवेतबाट आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो।

अभियानमा संकलन भएको १३८ कुवेती दिनार आज मोसु केन्द्रका पदाधिकारीहरुले पिडित निवासमा पुगेर हस्तान्तरण गरेका छन। सो सहयोग रकम हस्तान्तरण गर्नका लागि मोसु केन्द्रबाट उपाध्यक्ष बिबेक भट्टराई, महासचिव ललित बहादुर निरौला, कार्य समिति सदस्य योगनारयण सिक्दार र निबर्तमान अध्यक्ष रामनाथ भन्डारि पिडित शाही निवास पुगेका थिए।

रकम हस्तान्तरणको क्रममा आफ्नो क्षमताले भ्याए सम्म खर्च गरिसकेको र ऋणपानको लागि पनि अब कतै ठाउँ नरहेपछि मिडीयाको साहारामा आएको जयरामकी श्रीमती गंगा ठकुरीले बताईन् । थप्दै उनले भनिन “मेरो दिन श्रीमानको स्याहार सुसारमै बित्छ, छोराछोरी पनि सानै उमेरका छन्,।” उनले घरको मुली नै बिरामी भएर लडेपछि घर व्यबाहार धान्न निक्कै गाह्रो भएको बताइन।

पिडित शाही हरेक हप्ता डाइलसिसका लागि बिराटनगरस्थित नोवेल हस्पिटलमा जाने गरेका छन।देश विदेशको जुनसुकै कुनाबाट पनि पिडित जयराम शाहिलाइ सहयोग गर्न चहानुहुन्छ भने कृपया उनकी श्रीमति गंगालाई मोवाइल नम्बर९८६४२५५४५१ मा सम्पर्क गर्न सक्नुहुनेछ। वा सिधै कृषि विकास बैंकको खाता नम्बर ०६०२२०१८६००६२०१८ सहयोग रकम जम्मा गराएर पनि सहयोग गर्न सक्नुहुनेछ।


सम्बन्धित शीर्षकहरु

सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।…

एजेन्सी- इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले…

इरानी राष्ट्रपति इब्राहिम रायसीको ज्यान गएको बेल–२१२ हेलिकप्टर दुर्घटनाको खबर अहिले चर्चामा छ । रायसीसँगै इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहियान र…

प्रतिकृयाहरू
...