Monday 30th March 2026

एमसीसी सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न नदिने स्वतन्त्र राष्ट्रिय अभियानको घोषणा


तितोपाटी- स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न नदिने जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटे लगायत ननटार महादेवफाँटमा एमसीसीका लागि अधिग्रहण गरिएको ३९८ रोपनी जग्गालाई उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले साउन ३० गते दिनभर प्रदर्शन पश्चात राष्ट्रिय झण्डा गाडेर जनताको नियन्त्रणमा लिएको पनि अभियानले प्रस्ट पारेको छ ।

अभियानका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त स्थानमा हालसम्म ३ पटकको स्थलगत भ्रमण र अध्ययन तथा स्थानीय जमिन अधिग्रहणमा परेका परिवारहरूसँग बुझिएको पीडाबाट उक्त जग्गा विभिन्न डर, धाक, धम्की र प्रलोभन समेतबाट एमसीसीको परियोजनाका लागि अधिग्रहण गरिएको तथ्यलाई लुकाएर स्थानीयबाट कानुनी प्रक्रिया पु¥याएको देखाई जालझेलबाट हड्पिएको पाइएको छ ।’

सो स्थानमा एमसीसी प्रतिकारका लागि र एमसीसी सम्बन्धी कुनै पनि संरचना निर्माण गरी कार्य गर्न सुरुदेखि नै नदिन तथा गरेमा तत्काल भौतिक रुपमै प्रत्यक्ष प्रतिकार गरी असफल बनाउन ५०१ सदस्यीय एमसीसी प्रतिकार समिति गठन गरिएको पनि अभियानले प्रस्ट पारेको छ । सो समितिले प्रत्यक्ष रुपमा प्रतिकार गरी एमसीसीसम्बन्धी कुनै पनि गतिविधिलाई सो क्षेत्रमा अघि बढ्न नदिने र जबरजस्ती गरेमा सोबाट उत्पन्न हुने सबै प्रकारका क्षतिको जिम्मेवारी जबरजस्ती गर्ने पक्षले नै लिनु पर्ने चेतावनीसमेत अभियानले दिएको छ ।

एमसीए नेपालले उक्त सन्दर्भमा भ्रम सिर्जना गर्न खोजेको अभियानको आरोप छ । अभियानका अध्यक्ष स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उसले सो जमिन अधिग्रहणसँग एमसीसीको कुनै सम्बन्ध नभएको भनेको छ । तर एमसीसी सम्झौताको दफा ३.२ को (ख) मा एमसीसी लागू गर्न एउटा गठन आदेशद्वारा समिति गठन गर्ने भन्ने उल्लेख छ । सोही व्यवस्था अनुसार एमसीसीलाई चाहिँ नेपालको कानुन मानेर संसदलाई छलेर मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए)गठन गरिएको हो भन्ने सोही दस्तावेजबाट पुष्टि हुन्छ ।’

​एमसीसी कार्यान्वयन गर्न सरकार र संसदसँग समेत सम्बन्ध नराखी एमसीएलाई प्रयोग गरेर इन्डोअमेरिकन रणनीति लागू गर्ने एमसीएको एमसीसीसँग सम्बन्ध छैन भन्नु अर्को भ्रम रहेको अभियानको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘एमसीएले कानुन बमोजिम अधिग्रहण गरेको भनिएको अनुचित प्रभावबाट कब्जा गरेको उक्त लगायत देशभरका सबै जमीनमा एमसीसी सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न र कसैलाई प्रवेश गर्न पूर्ण रुपमा दिइने छैन ।’
एमसीसी कार्यान्वयनका लागि देशभर अधिग्रहण गरिएका सबै स्थानमा भौतिक रुपमै विफल बनाउन आफ्नो ज्यानको बलिदानी दिएर पनि जनताको नियन्त्रणमा लिने चेतावनीसमेत अभियानले दिएको छ । अभियानले एमसीसीलाई विफल बनाउनका लागि समेत सबैमा आह्वान गरेको छ ।

रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...