१/
आफ्नै देशमा मनग्य भै दिएको भए रोजगारी,
परदेशमा बस्नु पर्ने थिएन भएर विचारी।
२/
शहर ,गाउँ सबैतिर जति पढे नि बेरोजगार युवा युवती ,
सरकारले ब्यबस्था गर्न नसक्दा बढ्दैछ देशको झन दुर्गति।
३/
फर्कने छन् परदेशीएका नेपाली मिलाइदे रोजगार सरकार,
बुढा बाबाआमा,केटाकेटीको लागि सहि गरिदे केही त उपकार !
✍️ शर्मिला श्रेष्ठ, ललितपुर
हाल अमेरिका
ःःःःःःःःःःः
१/
साँझ र बिहान धान्न गाह्रो रोजगारी कस्तो भन्नु,
महिनावारी तलव सबै ऋण तिर्न पर्छ गन्नु।
२/
जागिरले लतारेको मेरो जिन्दगानी,
कोरोनाले रोक्यो पैसा बढ्यो परेशानी।
३/
मेरा सन्तानको पेट भोकले चिच्याउँछ,
देशको रोजगारीले यसरी खुवाउँछ।
✍️ पौडेल विमुन्स, पोखरा
ःःःःःःःःःः
१
परदेशमा जान्छौ किन खोज्दै रोजगारी,
बिराउँदा सुन फल्ने छ हाम्रै खेतबारी।
२
आफ्नै घर खेतबारी सजाउने काम,
अरुकोमा गुलामीले किन खोज्नु दाम ?
– ताराप्रसाद चापागाई
धुनिबेशी न‘पा. ९, धादिङ
ःःःःःःःःःः
१/
पसिना चुहाई बन्नेछौँ रोजगार सरि,
हुन्छौँ सँगै परिवार, समाज सधैं भरि ।
२/
खेतबारीमा रोजगारी खुल्यो ,
त्यही ठाउँमा हाम्रो मन भुल्यो ।
३/
किसानलाई देख्छौँ हामी रोजगारी,
कृषि गर्नेछौँ परिवार खुसी पारी।
४/
रोजगारी छैन भन्दै नजाऊँ कोही खाडीमा,
एक-एक दानो खोज्नेछौँ हामी अब झाडीमा ।
✍️ कल्पना थामी , सिन्धुपाल्चोक
ःःःःःःःःःः
१/
आफ्नो प्यारो देश छोडी जान मन छैन विदेशमा,
गरिबीले पिरोल्दै छ बेरोजगारी परिवेशमा।
२/
साहुसँग ऋृण मागी राहदानी बनाएँ,
धितो राखी त्यही पनि आफ्नै मन जलाएँ।
३/
आमाको धोती फाटेको देखेर वितृष्णा जागेको
कमाई धन सुखले बस्न परदेश लागेको।
-✍️शोभा अर्याल , बुटवल १४ रुपन्देही
ःःःःःःःःःः
१/
रहर हैन बाध्यताले विदेश गएर,
परिवारबाट छुट्टिएर एक्लो भएर।
२/
दिनरात पसिनामा चुर्लुम्म रुझेर,
कमाउँदैछु दुःख पिडा सबै बुझेर।
३/
गरिबिले जताततै पिरोल्न थालेर,
पालेको छु ज्यान मैले बालुवा चालेर।
४/
देखाएरै दुःखहरु उस्ले आँशु पिएन,
रोजगार बिना महँगीले बाँच्न दिएन।
✍️ पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत“
पनौती-३,काभ्रे
ःःःःःःःःःः
१/
खोजी हिंडें रोजगारी परेन फेला ,
दौडीहालुू भनेपनि परेन बेला ।
२/
कोरोनाले सताएर अर्थतन्त्र गिर्यो
रोजगारी गुमाएर पिर्नुसम्म पिर्यो ।
३/
स्वदेशमा कमाउने वातावरण छैन,
बिदेशमा अलपत्र शरण पाँइदैन ।
४/
सानो थियो परिवार सानै थियो घर
लाथालिङ्ग हुने हो कि लाग्न थाल्यो डर ।
✍️ रामकृष्ण दुवाडी, पोखरा ।
ःःःःःःःःःः
१/
धन बिना जिन्दगानी हुन्छ ठूलो भारी,
समस्याको हल गर्न खोजौँ रोजगारी ।
२/
वैदेशिक रोजगारीले नेपालीलाई खायो,
संस्कार अनि संस्कृतिमा विचलन पो आयो ।
३/
जनहित हुने कुरा मिलिजुली खपौँ ,
सकेसम्म स्वदेशमै रोजगारी थपौँ ।
४/
टाठाबाठा मान्छेहरू सबै यस्तै भन्छन्,
रोजगारी हुनेहरू स्वावलम्मी बन्छन् ।
✍️केशवप्रसाद ढकाल ’प्रीतबीज’
सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
ःःःःःःःःःः
१/
जीविकाका लागि पर्छ आयआर्जन गर्नू
मानसिक या शारीरिक परिश्रम छर्नु ।
२/
राखेका छन् बाँझो पारी घरको खेतबारी
किन ताक्छन् युवाहरू खाडीको रोजगारी ।
३/
बिर्सिएर यो देशमा आफ्नो जिम्मेवारी
लाग्नु हुन्न नेपाली विदेशी रोजगारी ।
✍️ श्रीकृष्ण शर्मा, पोखरा
ःःःःःःःःःः
१/
पाए शान नपाए अपमान यो रोजगारी,
नपाउककदा लाग्छ कतै खाली पो छ कि भकारी ।
२/
रोजगारी जति सबै नेताका आफन्तले खाए,
गरिब दुःखी जनताले आश्वासन मात्रै पाए ।
३/
रोजगारी भन्नु बिहान बेलुकाको हात जोराई,
जागिर जति सबै आखिर नेताका मात्रै सोराई ।
✍️राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
हाल- प्रवास
ःःःःःःःःःः
१/
न खानलाइ अन्न छ, न बस्नलाई बास,
रोजगारीको खोजीमा जीवन सत्यानास।
२/
बरु खाऊँ खोस्रिएर आफ्नै कान्ला बारी,
नजाऊँ बिदेश कोही खोज्दै रोजगारी ।
✍️ मुक्तिनाथ अधिकारी , भरतपुर,चितवन
ःःःःःःःःःः
१/
नेपालमा छैनन् रोजगारी नै राम्रा ,
त्यसैले युवा खाडी तिर गए हाम्रा ।
२/
धेरै कठिन भएपछि परिवार सह्माल्न,
रोजगारी को अभावले नै गाह्रो भयो पाल्न ।
✍️रिता खराल , रुपन्देही
ःःःःःःःःःः
१/
डिग्री पढेको सर्टिफिकेट हातमा छ रोजगार भेटिएन,
आखिरमा गृहस्थी जीवन बिताउदैछु यो दाग मेटिएन।
२/
ढाँटेर बिहे गर्यौ जागिर लगाई दिन्छु भन्दै तिमी काली
भान्सा र सेवा शुशारले छोडेन गयो जीवन त्यसै खाली।
३/
बाआमाले खाई नखाई पढाए रोजगारकै लागि,
आज मेरा सारा सपना अधुरै छ बसेँ खुसी त्यागी।
✍️ कमला पाण्डे, झापा
ःःःःःःःःःः
१/
बस्छु बरु गाउँघरमै खनी खेतबारी ,
फलाउँछु अन्न बाली यहि हो रोजगारी ।
२/
परदेसिएँ रोजगारी खोजेर,
बस्न पाईन घरबार रोजेर ।
✍️ ललिता अभागी, सिन्धुली
ःःःःःःःःःः
१/
मातृभूमि छोडी हजुर, चढ्नैपर्ने चीलगाडी,
डिग्री पास गरेँ केभो, सुख कहाँ नगइ खाडी ।
२/
नातावाद कृपावाद, अति साह्रो नोकरीमा,
चाप्लुसी र लम्पसार, हो रे योग्यताको सीमा ।
३/
पाउनै मुस्किल रोजगार, खोज्दा देशभर,
केही गरौं यतै भन्दा, झन्झट र करै-कर ।
४/
युवा रोक्ने चासो रहेन राहदानी थमाउँछ,
खाडीतिर युवा खेदेर रेमिटेन्स कमाउँछ ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
ःःःःःःःःःः
१/
रोजगार छैन बेरोजगारी छु बसेको ,
कामको खोजीमा गाउँ सहर छु धाएको,
२/
वास गाँस छैन नत छ मेरो जमिन ,
रोजगार छैन है पेटपाल्न सकिन ।
३/
नजाऔँन हामी युवा विदेश रोजगार गर्न ,
थालौँ मिलिजुली आफ्नै देशमा रोजगार भर्न।
४/
गरौं आफ्नै देशमा कृषि उद्योग धन्दा गाउँघर हराभरा बनाऊँ,
जोतौं-खनौ पसिना चुहाऊँ हिरा फलाऊँ र स्वदेशमै रोजगार जनाऊँ।
✍️ बेदु न्यौपाने ,काठमाडौ
ःःःःःःःःःः
१/
आफ्नै माटोलाई माया गर,
स्वरोजगारीमा अघि सर।
२/
रोजगार खोज्न खाडी तिर हैन युवा,
आफ्नै माटोमा रोप नगदे बाली गुवा।
३/
वैदेशिक रोजगारी भन्दै खाडी जान उफ्रन्छौ,
बाकस भित्रै फर्कनु पर्छ भनी किन डुक्रन्छौ?
४)
कामै नगरी त दिँदैन होला कतै पनि दाम,
मातृभूमिको सेवा गरेमा यही पाइन्छ माम।
✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
ःःःःःःःःःः
१/
जान्न विदेश छोडी देशको सुन फल्ने माटो,
बनाउछु परीश्रमले रोजगारीको बाटो।
२/
खन्छु खेत उब्जाउछु धान स्वदेशमा नै बस्छु,
स्वरोजगारी बन्न अहिले देखि कम्मर कस्छु।
✍️ नवशिला, बेलबारी -२,लालभित्ती,मोरङ
ःःःःःःःःःः
१/
जोश छ जाँगर छ रोजगारी छैन देशमा,
खै कस्ता आवरणहरू आए नयाँ भेषमा!
२/
रोजगारी भित्रको बेरोजगारले पेट भरिन्न,
हुदैन खोक्रो आश्वासनले कहिले खोलो तरिन्न!
३/
रोजगारीको सृजना आफ्नै देशमा गरौँ,
युवाशक्तिको पसिना यहि माटोमा छरौँ!
✍️ शरद प्रधानाङ्ग,विराटनगर
ःःःः ८ जय टुक्का! जय साहित्य!! ८ःःःः