Thursday 14th May 2026

आँखा झिम्क्याउँदा ३ महिना जेल परी साउदीबाट फर्किएका एक नेपाली भन्छन्- जान्दाजान्दै फसेँ


तितोपाटी-वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगेको १९ महिनापछि ओखलढुङ्गाका २७ वर्षीय मन्दिप तामाङ (नाम परिवर्तन) जेल परे । एक मुस्लिम युवतीलाई आँखा झिम्क्याएपछि उनी जेल परेका हुन् । जेल परेको कुरा परिवारका सदस्यलाई थाहा भएन ।
तामाङ साउदीको जेद्दा शहरको एक मार्बल कम्पनीमा भ्यान ड्राइभर थिए । जेद्दा शहरको मुख्य सपिङ मलमा सामान पुर्‍याउन जाँदा मुस्लिम युवतीलाई आँखा झिम्क्याउँदा उनी फन्दामा परे । गत साता नेपाल फर्किएका उनी अहिले नयाँ बसपार्कस्थित एक होटलमा क्वारेन्टाइनमा बसेका छन् । उनी मंगलबार घर फर्कँदै छन् ।होटलमा भेटिएका तामाङले ती युवतीले बुर्का अलि तल झारेर मुसुक्क हाँसेपछि आफूले पनि जवाफी मुस्कान फर्काएको बताए । त्यसबेला आफूले दुईपटक आँखा झिम्क्याएको उनको भनाइ छ । तर, ती युवती मुस्लिम पुजारी (मुतुवा) की छोरी रहेको कुरा तामाङले पछि मात्र थाहा पाए ।
अर्डरअनुसार सप्लाईका लागि विभिन्न ठाउँमा जानुपर्ने तामाङ बताउँछन् । तर, उक्त दिन उको बिदा थियो । बिदाकै दिन सामान पुर्‍याउन जाँदा भएको घटनाले उनलाई जेल पुर्‍यायो ।‘सपिङ मलको चौथो तलामा एउटी मुस्लिम युवतीले हाँस्दै मलाई हेरिन् । उनी पटक–पटक हाँसिन् पनि । मैले पनि जवाफी मुस्कान फर्काउँदा फन्दामा परे,’ उनले घटना सम्झँदै भने, ‘मैले आँखा झिम्क्याएको बेला उसको बाबुले देखेछ । सपिङ मलको सीसी क्यामेरामा हेरेर पार्किङमै सुरक्षा गार्डले समाते । त्यसपछि सिधै जेल लागे । प्रहरीले किन समाते भन्ने कुरा जेल पुगेपछि मात्र थाहा पाएँ ।’ त्यसपछि तीन महिना जेल परेर छुटेको उनले बताए । उनी मे महिनामा जेल परेका थिए ।

यसरी छुटे

आफूलाई साहुले नै जेलबाट छुटाएको उनको भनाइ छ । ‘मुस्लिमको ठूलो चाड इद आउन लागेको थियो । मैले काम गर्ने कम्पनीको साहुको छोरो अध्यागमन प्रहरीमा कार्यरत रहेछन् । मलाई साहुले नै जेलबाट छुटाउन पहल गरे,’ उनी भन्छन् । साहुले छोराको सहयोगमा ‘यसको आँखा झिम्क्याउने बानी छ’ भनेर सिफारिस गरेपछि जेलबाट छुटेको उनले बताए ।’मलाई साहुले जेलबाट निकालेर सिधै विमानस्थल ल्याएर घर पठायो । जरिवानाचाँहि तिर्नु पर्‍यो कि परेन थाहा छैन,’ उनले भने, ‘साहुले ठूलो गुन लगाए । साहुकै कारण धेरै जेलमा बस्नु परेन । नत्र कति वर्ष जेल बस्तुपर्थ्यो ?’ जेलमा प्रहरीले सामान्य सोध–खोज मात्र गरेको उनले भने । त्यसपछि जेद्दाको पश्चिम जेलमा पुर्‍याएको उनी बताउँछन् । ‘साउदीमा केटीलाई फर्किएर हेर्न र हाँस्न पाइँदैन भन्ने थाहा हुँदा–हुँदै फसेँ,’ उनी भन्छन् ।तामाङले जस्तै महिलालाई हेर्ने र जिस्काउँदा नेपाली कामदार फान्दामा पर्ने गरेका छन् । साउदीमा महिलालाई जिस्काउन र हेर्न नपाइने प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का अध्यक्ष कुलप्रसाद कार्की बताउँछन् । उक्त अभियोगमा थुप्रै विदेशीहरू फन्दामा पर्ने गरेका छन् । उनीहरूलाई आर्थिकसँगै जेल सजाय पनि हुने कार्की बताउँछन् ।
शिलापत्रमा रमेश भारतीले लेखेका छन


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...