तीतोपाटी – साप्ताहिक रूपमा प्रस्तुत गरिने उदकको १२ अाैं श्रुंखलामा ८० जना स्रष्टाका उदकहरू समेट्ने प्रयाश गरिएको छ ।
उदक अभ्यास : भाग १२
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०४-३० गते शनिवार
सहभागी सङ्ख्या : ८० जना
आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
-प्रशिक्षक : आर्त अकुलीन
१
लाली
सूर्योदयको बेला
देखिने मेची महाकाली !
✍️ राम न्यौपाने, कैलाली
२
सूर्योदय
सुन्दर दृश्य
अनेकन कहानी अदृश्य !
✍️ वसन्त अनुभव, दाङ
३
अस्ताउँदैन
सूर्य कहिल्यै
फेरि नयाँ बिहानी !
✍️ परमेश्वर कार्की, कैलाली
४
सूर्योदय
पारिलो किरण
स्वास्थ्य लाभदायक युक्त !
✍️ चक्र शाही, कैलाली
५
बुढ्यौली
अपरिहार्य प्रक्रिया
नगर्नुहोस् कहिल्यै ठट्यौली ।
✍️ तिला लेकाली, मोरङ
६
गोधूलि
अस्ताउँदै रवि
एउटा बुढो रूख !
✍️ आर्त अकुलीन, कैलाली
७
सूर्योदय
उजाड जीवनमा
आशाको किरण छर्दै !
✍️ विनय तामाङ, भक्तपुर
८
उषाकिरण
उजाड वातावरणमा
मिठो प्रेमील अङ्गालाे !
✍️ मञ्जु बस्नेत, खाेटाङ
९
सूर्योदय
लाभदायक युक्त
बिहानीको झुल्के घाम !
✍️ सरस्वती श्रेष्ठ, इटहरी
१०
छाया
घामपानीको माया
सुनौलो बिहानीको परिकल्पना !
✍️ ईश्वरी अधिकारी, लमजुङ
११
जलाशय
लालित्यमय सूर्याेदय
अद्भुत सुन्दर मनाेरम !
✍️ मुना दाहाल, ललितपुर
१२
दृश्य
बिछट्टै मनोरम
परोक्षार्थ प्राकृतिक निरूपम !
✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत
१३
रवि
गोधूलि साँझ
चर्खा जस्तै जीवन !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
१४
साँझमा
ढल्कियो सूर्योदय
फैलियो लालीमा किरण !
✍️ खेमराज पुरी, कैलाली
१५
साथी
बूढो रुख
सूर्य तलाउ माथि !
✍️ बालकृष्ण खनाल, टीकापुर
१६
दृश्य
अस्ताउँदो सूर्य
जलाशय रुखको चित्र !
✍️ समुन्द्रा शर्मा, सुनसरी
१७
सूर्यास्त
उजाड जिन्दगी
कालो रातको पर्खाइमा !
✍️ रघु थापा, भक्तपुर
१८
सूर्योदय
लालिकिरण साैन्दर्य
मनोरम जलाशय क्रिडास्थल !
✍️ रामसुन्दर थारु, कैलाली
१९
मस्त
सूर्य अस्त
भोलि फेरि झुल्किन !
✍️ बिके माकजू, भक्तपुर
२०
अस्तमा
रवि जलधारी
बुढो रुखमा छायाँ !
✍️ शान्ता रिमाल, उर्लाबारी-१, मोरङ
२१
तेजोमय
प्रात:कालीन सूर्योदय
स्वर्णिम जलाशय सूर्यकिरण !
✍️ नवराज भट्ट, महेन्द्रनगर
२२
क्षणिक
जीवन मोती
अस्ताँउदो रवीको ज्योति !
✍️ शिव खनाल ‘जीवम’, रुपन्देही
२३
कथा
बुढाे रूखको
आफ्नै भाेलिकाे व्यथा !
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’,गाेरखा
२४
जीवन
उदाउँदो अस्ताउँदो
निरन्तर प्राकृतिक नियम !
✍️ विष्णुदीप सङ्कल्प, भक्तपुर
२५
गोधूलि
झिसमिसे साँझ
प्राकृतिक सौन्दर्य छटा !
✍️ रामचन्द्र ढकाल, चितवन
२६
क्षितिजमा
घामको लुकामारी
हलुङ्गो मनको भारी !
✍️ विक्रम शिशिर, कोहलपुर
२७
प्रभात
उमङ्गको लाली
पोतियो नेपालीको छाती !
✍️ निर्मलरमण पराजुली, सामाखुशी, काठ्माण्डौँ
२८
दृश्य
रुखसँगै रवि
तापनि प्यारो प्रकृति !
✍️ टेकप्रसाद कट्टेल, जनकपुर
२९
उज्यालो
टिक्न सकेन
छिटै हुँदैछ अँध्यारो
✍️ खगेन्द्र बस्याल, रुपन्देही
३०
प्रकृति
स्वर्णिम सौन्दर्य
अलौकिक सृष्टिको निरन्तरता !
✍️ सुधा बाँस्काेटा ढकाल, काठमाडौँ
३१
सुर्य
उदाउछ बिहान
सुनौलो किरण छर्दै।
✍️ राजकुमार राजभण्डारी, भक्तपुर
३२
ठिङ्ग
बूढो रुख
सूर्यास्त जीवन परास्त !
✍️ हीरा खनाल, काठमाडौँ
३३
सूर्यास्त
गोधूलि साँझ
बुढो रूखको कथा
✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
३४
उदय
जीवन दिँदैछ
आज निश्चिन्त बाँच्ने !
✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी
३५
साँझमा
सूर्यास्तको समय
टोलाएको एक वृक्ष !
✍️ भाजुराम के.सी., धादिङ
३६
प्रकृति
अलौकिक छटा
बिहान भाष्कर निस्कँदा !
✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा
३७
समय
अन्तिम घडी
अस्ताचलमा जाँदै सूर्य !
✍️ पशपती राई, खोटाङ
३८
अस्त
व्यस्त मस्त
शुभ दिन साम !
श्रीनगर
तानसेन पाल्पा
पुष्कर अथक रेग्मी !
३९
जिन्दगी
केही दिनको
घाम र छाया !
✍️ तोयानाथ सुवेदी, काठमाडौँ
४०
तलाउ
सुनाैलाे साँझ
प्रतिबिम्बित बुढाे रूख !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
४१
भित्रियो
सूर्यको किरण
दिन राम्रो बनोस् !
✍️ सुस्मिता भट्टराई, बुटवल
४२
प्रकृति
सुनाैला किरण
मनोरम दृश्य गोधूलि !
✍️ रामकृष्ण दुवाडी, पाेखरा
४३
उदायो
सूर्य बिहानी
सुन्दर दिनको थालनी !
✍️ अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा, हाल: मलेसिया
४४
समय
सन्ध्या कालीन
प्राकृतिक सौन्दर्यको झलक !
✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हाल: यूएई
४५
सूर्यास्त
प्राकृतिक दृश्य
सुकेको बोट ताल !
✍️ रिता खराल, रुपन्देही
४६
उदय
आहा अभय
शान्त सुनाैलो प्रकृति !
✍️ मधुसूदन प्रसाद घिमिरे, काठमाडौँ
४७
उदाउँदो
सूर्यसँग दैनिक
नवीन दिनको सुरुवात !
✍️ सुशीला पौडेल, काठमाडौँ
४८
सुन्दरता
मनै लोभियो
जादुमय प्राकृतिक उपहार !
✍️ दुर्गा अधिकारी’भमरकोटे’, काठमाडौँ
४९
क्षितिज
पारिको दृश्यमा
प्राकृतिक नियम उज्यालो !
✍️ सोमनाथ लुइटेल ‘रवि पाल्पाली’, पाल्पा, हाल: युगाण्डा
५०
वृक्षको
छैन अस्तित्व
सुकेर अस्थिरपञ्जर बाँकी !
✍️ प्रद्युम्न चालिसे, भक्तपुर
५१
सूर्य
पहेँलो रङ्ग
गोधूलिमा मन दङ्ग !
✍️ सविता के.सी., काठमाडौँ
५२
लालिमा
पात झरेको
बूढो रूखको डालीमा !
✍️ रमेश प्रभात, चितवन
५३
सुनाैला
प्रकृतिको उपहार
क्षितिज परको संसार !
✍️ सुरेश चन्द्र घिमिरे, लमजुङ
५४
सन्ध्या
जीवन जस्तै
डुब्दै गरेको घाम !
✍️ रामराजा के. सी., काठमाडौं
५५
प्रभात
कृशतरु उष्णादित्य
तालमा निशेषको प्रतिबिम्ब !
✍️ कण्ठराज गिरी, टीकापुर, कैलाली
५६
जिन्दगी
डुब्दो घाम
पतझर रुख जस्तै !
✍️ हृदय लेकाली, भैरहवा
५७
दिवाकर
प्रकृति माझ
सुनौलो गोधूली साँझ !
✍️ इन्दिरा ज्ञावली, बुटवल
५८
पतझर
वृक्षको स्वागत
सूर्यको सुनौलो किरणलाई !
✍️ सावित्री अधिकारी, काठमाडौँ
५९
क्षितिज
उज्यालोको आगमन
धर्तिमा लाली किरण !
✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे
६०
जीवन
सुकेको वृक्ष
डुब्न लागेको घाम !
✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु
६१
प्रकृति
लाली किरण
सुनौलो समधुर बिहानी !
✍️ साहित्य सहयात्री, रुपन्देही
६२
अस्ताचलमा
अरुण लालिमा
मनोहर वृक्षछायाँ सरोवरमा !
✍️ टीकाराम जाेशी, टीकापुर
६३
देश
डुब्दै सूर्य
ठिङ्ग बूढो रुख !
✍️ कमला देवकोटा, पाल्पा
६४
गोधूलि
ओइलिँदै लाली
रुखले झल्किने बुढ्यौली !
✍️ पूर्णकुमार राई, झापा
६५
बिहानी
सुनौलो जवानी
तालमा प्रतिबिम्बको रुमानी !
✍️ सरस्वती श्रेष्ठ, बुटवल, रूपन्देही
६६
सुन्दर
लाली किरण
पश्चिममा अस्ताउँदै सूर्य !
✍️ वीरेन्द्र चौधरी, कैलाली
६७
सूर्यको
अस्त समय
दिनको बिदाई गर्दै !
✍️ कमला गौतम, रुपन्देही
६८
सुन्दर
लाली फैलिएको
प्राकृतिक मनमोहक सूर्यछवि !
✍️ उर्मिला पन्त पाण्डे, काठमाडौँ
६९
सन्ध्या
सुकेको रूख
सजीवको बिम्ब प्रतीक !
✍️ कविता आचार्य, कैलाली
७०
साँझ
अमुक रूख
मानव जिन्दगी जस्तै !
✍️ अनुपम प्रकृति, कैलाली
७१
रविको
सुन्दर दृश्य
धर्ती जल आकाशमा !
✍️ विजया घिमिरे, जनकपुर
७२
सुनौलो
जता हेर्यो
त्यतै लाग्छ अनौठो !
✍️ घनश्याम पौडेल, पोखरा
७३
जीवन
हरेक बिहानी
ढल्केर जाने प्रकृति !
✍️विश्वनाथ श्रेष्ठ, फिक्कल, सिन्धुली
७४
समय
जीवनको प्रवाह
सन्ध्यामा घामको विलय !
✍️ डीपी दोभान, कैलाली
७५
छायाँबिम्ब
तरलताको आभाष
सृष्टिको अद्भूत सिद्धान्त !
✍️ रोशन पराजुली, धरान
७६
सजीव
सूर्यको अस्त
प्रतिबिम्बित जीवन प्रक्रिया !
✍️ रमा पन्त, पाल्पा
७७
चाहिन्न
तिम्रो उदारता
जीवन डुब्ने बेला !
✍️ कृष्ण संयम पन्त, कञ्चनपुर
७८
विहानी
उज्यालाे मन
सबै दु: खकाे अन्त्य !
✍️ लक्ष्मी कँडेल, कैलाली
७९
सुनसान
गोधूलि समय
जीवनको एक छाया !
✍️ अनुपमा आकृति, कैलाली
८०
जीवन
सौर्य बिम्ब
समानता रश्मि किरण
✍️ अविराज व्यञ्जन, नवलपुर