खोई किन हो हिजोआज
आकास बादलले छोप्दा खुशी लाग्दछ
आँधी तुफान सँग रमाएर हाँस्न मन लाग्छ
दुर्दान्त समयको कोलाहल सँग
परिचित भएर पो होला
धेरै दिन सुनसान भयो भने
मुटुको धड़कन बढन लाग्छ
नया संघर्षको तुफान कता चल्दै होला?
ती मतलबी कागहरु निकै कराएको सुन्छु
सतर्क भएर बस्नु पर्छ
मेरो आत्मा खोसेर लान सक्छन
मेरो मुटु दुई टुक्रा पारी
म आफैमा कमजोर बन्दै छु
अर्कालाइ दोष दिएर के गर्नु
म मै भित्र मरि सकेको छु।
-कुंज देवी उपाध्याय