Wednesday 21st January 2026

अथकका बाल मुक्तकहरू


एक र दुइ कन्दै रहें
तीन र चार भन्दै रहें
पाँच छ सात अनि आठ
नउ र दस गन्दै रहें ।१।

पहिले गुरूदेखि थुरूथुरू म
अहिले स्कुल जान्छु खुरूखुरू म
पढेर लेखी खेल्न पनि पाउँदा
गुरूआमा देखेर फुरफुरू म ।२।

हाम्रो दुई हातको दस औंला
गरि काम अलग बस औंला
चोरी बुढी साहिली माझी कान्छी
सबै मुठी पारेर कस औंला ।३।

फलफूल मीठो स्याउ हुन्छ
अघाएर खाए ढ्याउ हुन्छ
पढने बेलामा साँझ सधैं
बिजुली गएर झ्याउ हुन्छ ।४।

क्यासेटमा नाचें म झिनझिन
टेलिफोन उठाएँ टिनटिन
घरभित्र बसेर मैले पनि
अनलाइन पढें दिनदिन ।५।

पुष्कर अथक रेग्मी
श्रीनगर पाल्पा


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...