Monday 30th March 2026

‘हेलमेट लगाउनुस्’ भन्दा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार


तीतोपाटी डटकम-पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको थियो । तर, शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई दुर्व्यवहार गरे । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए ।

हेलमेट ल्याएपछि उनलाई सम्झाएर पठाइएको काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ‘हेलमेट लगाउनुस् भन्दा धेरै बोलेपछि हामीले केही बेर होल्ड गरेका हौँ’ ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले रातोपाटीसँग भने–‘प्रहरीमाथि हातपात भएको अवस्था छैन तर, बोलीचाहिँ छुद्र थियो ।’

रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...