Wednesday 14th October 2026

माधव नेपाल पक्षले भन्यो–स्पष्टीकरणले एकतामा भाँजो हाल्यो


 नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट भइरहेका गतिविधिप्रति खेद प्रस्ताव पारित गरेको छ । ओली पक्षले अहिले जारी राखेका गतिविधिले र स्पष्टीकरणले एकता प्रक्रियामा भाँजो हाल्ने निष्कर्ष बैठकले निकालेको छ । माधव नेपाल पक्षको बैठक जारी रहँदा ओलीले सोधेको स्पष्टीकरणपत्र पुर्‍याइएको थियो । नेपाल पक्षको बैठकले भने पार्टी एकता कायम राख्न सबै जना जिम्मेवार हुनुपर्ने निर्णय गरेको थियो ।अध्यक्ष ओली पक्षबाट स्पष्टीकरण सोधिएको र ओली निकटबाट नाराबाजी तथा पुतला दहनका गतिविधि भइरहेको अवस्थामा आज (बुधबार) बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले खेद प्रस्ताव पारित गरेको हो । नेपाल पक्षबाट पारित प्रस्तावमा सबै अराजनीतिक गतिविधि रोकेर पार्टी एकता अघि बढाउन ओलीको ध्यानाकर्षण गराएको छ ।

‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति भइसकेको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्ने, पुतला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसलाअनुरुप स्वविवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदलाई आतंकित पार्ने र उनीहरुविरुद्ध नाराबाजी गर्ने काम तत्काल रोकिनु पर्छ’, नेपाल समूहले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यस्तो गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोकेर पार्टी एकताका कामलाई गम्भीरतापूर्वक अघि बढाउन यो बैठक अध्यक्ष कमरेडको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...