Monday 21st September 2026

एमालेमा अर्को साइबर सेना, प्रभु साहले बनाए ‘आइटी आर्मी’


नेकपा एमालेले प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गर्ने भएको छ।मंगलबार तीन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आई.टी आर्मीको घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेता प्रभु साहले  जानकारी दिए।

सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ। ‘आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौ,’ अन्तरिम घोषणापत्रमा भनिएको छ, ‘तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामुहिक स्वरुपमा क्रियाशील रहनेगरी आईटी आर्मीको स्थापना गरिएको छ।’आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ।आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...