Tuesday 10th March 2026

विप्लवले प्रचण्डलाई सोधे, ‘ओलीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन हुन्छ कि हुँदैन ?’


तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर बुधवार अपराह्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

आजको भेटवार्ता केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सहमति कार्यान्वयनको विषयमा केन्द्रित भएको नेता बास्तोलाले रातोपाटीलाई बताए । ओली सरकार तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरूको रिहाइको माग गर्दै आइरहेको छ ।

‘विप्लव कमरेडले प्रचण्डसँग पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्छ कि गर्दैन भनेर चासो व्यक्त गर्नुभयो,’ बास्तोलाले भने, ‘धेरै नेता कार्यकर्ता रिहाइ हुन बाँकी छन् । त्यसबारे पनि छलफल भयो ।’ विप्लवको जिज्ञासाको जवाफमा प्रचण्डले वर्तमान सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको पनि बास्तोलाले जानकारी दिए ।

यसको साथै आजको भेटमा देशमा भएको पछिल्लो राजनीतिक उथलपुथलको बारेमा पनि छलफल भएको उनले बताए । ‘पार्टी एकताको विषयमा केही कुराकानी भयो कि ?,’ भन्ने प्रश्नमा भने उनले त्यसबारे कुनै छलफल नभएको तर निश्चित विषयमा सहकार्य गर्दै अघि बढ्ने कुरामा भने सहमति भएको रातोपाटीलाई बताए ।

प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

@रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...