Saturday 15th November 2025

ललिता निवास जग्गा प्रकरण : फरार रहेका गच्छदार अदालतमा हाजिर


तितोपाटी- ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।‘फरार रहेको भनिएका’गच्छदार आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै बुधबार अदालतमा हाजिर भएका हुन्।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। जग्गा हिनामिना प्रकरणमा मुछिएका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए। अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश दिएको थियो।

विशेष अदालतले गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। गच्छदारलाई तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा मुद्दा चलाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले छानबिन निकायलाई सघाउने बताएपनि फरार थिए। भ्रष्टाचारको मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बन भएको छ। भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचारविरुद्व मुद्दा परे सार्वजनिक पद स्वतः निलम्बन हुने व्यवस्था छ।

अन्नपूर्णबाट


सम्बन्धित शीर्षकहरु

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

प्रतिकृयाहरू
...