Tuesday 31st March 2026

आहा कति सौन्दर्य तर ..!


कविता

आहा कति सौन्दर्य तर ..!

आहा कति सौन्दर्य तर छ अजम्बरी चाहिंदो
तर के गर्नु टुलुटुलु..

गहना छ यहाँको नदी,खोला र नाला
तर के गर्नु धेरै क्षति भयो यसै पाला,
यहाँ बस्ती भिर पहरा मुनीको गाउँ
अनि खोला नदी र किनाराका ठाउँ।

आहा कति सौन्दर्य तर ..!

थकाइ दिनभरको कुटो कोदालोको थियो
मिठो पिठोले पेट भरेको निंद थियो,
बाढी र पहिरोले लिएछ ज्यान
यथा समयमा हाम्रो भएन ध्यान ।

आहा कति सौन्दर्य तर ..!

उजाड भए बस्ती र घरबार
पीडित भए यसरी बारम्बार
मिठा मिठा कति सपना थिए
भयो चकनाचुर सयौंले विदा लिए

आहा कति सौन्दर्य तर..!

 रचनाकार :-बि.आर.उप्रेती बारा, नेपाल

फोटो-सिन्धुपाल्चोकको मेलम्ची बढीले ध्वस्त पारेको हेलम्बु-चनौटे बजार


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...